MUSIC

ज्योति मगर सारीमा

सिनेमा संसार संवाददाता
काठमाडौं
गायक रुपकुमार राई र गायिका मेनुका राईले संयुक्त प्रस्तुतिस्वरुप सार्वजनिक गरेको ९ लाई सुन्य नब्बे बोलको पूर्वेली भाकाको गीतले छोटो समयमै लोकप्रियता कमाएको छ।
यो गीतको म्युजिक भिडियोमा गायिका तथा मोडल ज्योति मगरले कम्मर मर्काएकी छिन्।सधैं छोटो र पारदर्शी कपडामा देखिने ज्योति पहिलोपटक यो भिडियोमा सारी र चोलोमा साधा रुपमा प्रस्तुत भएकी छिन्।
हट प्रस्तुतिबाट दर्शक तताउदै आएकी ज्योति यो गीतको म्युजिक भिडियोमा शालिन देखिएकी छिन्, तर पनि कुल भने लाग्दिनन्। हट गीत र लुक्समा देखिने ज्योतिलाई यो साधारण लुक्समा देखेर दर्शक पनि आश्चार्यमा पर्नेछन्।
विन्ध्यवासिनी म्यूजिक प्रालिले उत्पादन गरेको गीत र यसको म्युजिक भिडियो पनि दमदार बनेको छ। यसको गीतमा लय तथा शब्द डीआर अटुको रहेको छ भने म्युजिक भिडियोमा ज्ेयोति मगरलाई मोडल काजिश श्रेष्ठले साथ दिएका छन्। काजिश श्रेष्ठकै निर्देशन रहेको भिडियोको छायांकन अजय रेग्मीले गरेका छन् सम्पादन दीपक बिष्टको गरेका छन्। यसको म्युजिक भिडियो विन्ध्यवासिनी म्युजिककै युटुब च्यानलबाट सार्बजनिक गरिएको छ। विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुबास रेग्मीले लामो समयपछि एउटा मौलिक सृजना पाएको बताए। गायक रुपकुमार राईले मेहनतअनुसार यो गीत र यसको म्युजिक भिडियो बनेको बताए। गायिका मेनुका राईले यो गीतले आप्mनो सांगितीक करियरमा नयाँ उचाई दिने विश्वास व्यक्त गरिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button