CINEMANEWS

हङकङमा एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड

सिनेमा संसार संवाददाता
काठमाडौं
पछिल्लो समय नेपाली सिनेमा तथा गीतसंगीतसँग जोडिएका कार्यक्रमसँगै अवार्ड पनि विदेशी भूमिमा हुने गरेका छन्। यसै शिलशिलामा हङकङमा सन् २०१९ को जुनमा नेपाली सिनेमा अवार्ड हुने भएको छ।
एभरेष्ट इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडको आयोजनामा हुन लागेको एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड २०१९ मा २० विधामा पपुलर अवार्ड प्रदान गरिनेछ। सन् २०१८ मा रिलिज भएका नेपाली सिनेमाले यो अवार्डमा सहभागीता जनाउन पाउनेछन्। जसमा तिन विधा आदिवासी सिनेमाको पनि रहनेछन्। यसका साथै एक सिनेकर्मीलाई लाइफ टाइम अचिभमेन्टद्वारा सम्मान गरिनेछ। तिन हजार पाच सय दर्शक क्षमता भएको हङकङको वानचाईस्थित क्विन एलिजावेथ स्टेडियम हलमा अवार्ड आयोजना हुनेछ। आगामी मार्चमा नोमिनेशन सर्वाजनिक गर्दै अवार्ड हुने डेट पनि सार्वजनिक गरिनेछ। पपुलर अवार्ड भएकाले यसको अन्तिम निर्णय पपुल्यारिटीसँगै जुरीमा समेत रहनेछ।
राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको अवार्ड कार्यक्रममा एभेरेष्ट फिल्म एकेडेमीका चेयरम्यान सुनिल थापा, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र प्राविधिक संघका आध्यक्ष पुष्कर लामा, वितरक गोपाल कायस्थ , निर्माता तथा हल संचालक प्रदीप दाहाल, निर्देशक तथा पत्रकार डब्बु क्षेत्री, अभिनेता गौरव पहाडी, अभिनेत्री अरुणा कार्कीलगायतको उपस्थिति रहेको थियो। अवार्डको लागि हङकङ आयोजक टिमको रुपमा स्थानीय वकिल तथा विजनेसम्यान गौरवबम ठकुरी, मिस नेपाल हङकङ सोसाइटी र बडी बिल्डिङ एसोसिएसन हङकङका अध्यक्ष लोकराज लिम्बु, मिस नेपाल हङकङ सोसाइटीकि उपाध्यक्ष लिलेश्वरी खड्का, योगा ट्रेनर तथा बिजनेसम्यान सञ्जु भट्ट, मिस नेपाल हङकङ सोसाइटीकि कोर्डीनेटर शान्ति नेपाली, मिस नेपाल हङकङ सोसाइटी सेक्रेटरी मनिष लिम्बु, लक्ष्मी चन्द, सुयोग शाक्य, रेवती खड्का, रोशनी श्रेष्ठ , रेविका राई, विष्णु पुन र राकेश लिम्बु रहेका छन्।
यो टिम अन्तर्गतको एभरेष्ट इन्टरटेनमेन्टले हङकङको सम्पूर्ण व्यवस्था हेर्नेछ भने नेपालमा संगीक्षा फिल्म्स प्रालिको तर्फबाट अध्यक्ष मनोज केसीले अवार्ड कार्यक्रम कोर्डिनेट गर्नेछन्। यसलाई सञ्चारकर्मी नरेश भट्टराईले संयोजन गर्नेछन्। यसैगरी निर्णायक मण्डलमा मध्यका एक सदस्य कलाकार सुनिल थापा रहेको कार्यक्रममा जनाइयो। उपस्थित सम्पूर्णले अवार्ड कार्यक्रमलाई सफलता शुभकामना दिएका थिए। नेपालबाट ६० जना कलाकार, प्राविधिक र पत्रकारको टोली अवार्डमा सहभागी हुनेछन् भने यसको सम्पूर्ण खर्च आयोजकले नै बेहोर्नेछ।

Related Articles

Check Also
Close
Back to top button