CINEMANEWS

३१ दिनमा सकियो भिडियो टेप

सिनेमा संसार
काठमाडौं
उपल्लो मुस्ताङको चिसो भूगोलमा छायांकन गरिएको हरर सिनेमा भिडियो टेपको छायांकन ३१ दिनमा पूरा भएको छ। एप्पल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भइरहेको सिनेमाको छायांकन भदौको पहिलो साताबाट सुरु गरिएको थियो।
निर्माण पक्षका अनुसार भिडियोटेपको अधिकांश छायांकन उपल्लो मुस्ताङमा गरिएको हो। काठमाडौंमा भने सिनेमाका लागि ३ रात छायांकन गरिएको छ।
ओविद उद्दिनको निर्देशनमा तयार भइरहेको सिनेमामा उपासना सिंह ठकुरी र कुन्दन मान शाक्य मुख्य भूमिकामा छन्। अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जिवन अधिकारी, शेखर चापागाँई, सिद्धार्थ सिंहलगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ।
निर्देशक उद्दिनले टिमको निरन्तर मेहनतका कारण निर्धारित समयमै छायांकन सकिएको बताएका छन्। आफूलाई पहिलेदेखि नै हरर सिनेमा मनपर्ने भएकाले यही जनरातर्फ आकर्षित भएको उनको भनाइ छ।
सिनेमाको डीओपी वशिष्ट प्रधान हुन् भने प्रोडक्सन म्यानेजरको जिम्मेवारी ईश्वर घिमिरेले सम्हालेका छन्। महेश बराल मुख्य सहायक निर्देशकका रूपमा जोडिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button