CINEMANEWS

पिताम्बर को हो?

सिनेमा संसार
काठमाडौं
नयाँ वर्ष २०८२ को अवसर पारेर आगामी चैत २९ गते रिलिज हुने सिनेमा पिताम्बरका आम दर्शर्कमा सिनेमाभित्र पिताम्बर को हो भन्ने चासो बढाएको छ।
निर्माण पक्षले सिनेमाका प्रमुख कलाकारको सोलो फोटोसहित म हो पिताम्बर लेखेको पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेको छ। निर्माण टिमले सिनेमाका कलाकारहरुसौगात मल्ल, दयाहाङ राई, प्रमोद अग्रहरिको छुट्टाछुट्टै सोलो तस्वीर राखेर म हो पिताम्बर लेखिएको पोस्टर सार्वजनिक गरेपछि दर्शकमा थप कौतुहलता पैदा गरेको छ।
केपी सिनेमाज र पुरुषोत्तम प्रधान सिनेमाजको व्यानरमा निर्माण भएको सिनेमामा कृषा चौलागाईको निर्देशन छ। सिनेमामा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईलगायतले अभिनय गरेका छन्।
सिनेमामा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।

Related Articles

Check Also
Close
Back to top button