CINEMANEWS

नाजिर र सृष्टिबीच उतारचढाव

सिनेमा संसार
काठमाडौं
आगामी माघ ११ गते रिलिज हुने सिनेमा मिसिङ ः केटी हराएको सूचनाको ट्रेलर सार्वजनिक गरिएको छ।
५ मिनेट १६ सेकेण्डको ट्रेलर सिनेमाका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ। सामाजिक सञ्जालबाट भेटिएका नाजिर र सृष्टिबीच यात्रामा निस्किँदा आउने उतारचढावलाई ट्रेलरमा देखाईएको छ। ट्रेलरले सिनेमामा पहाडी–मधेशी मेलमिलापको खोजी गरिएको देखाएको छ। सिनेमामा नाजिर राम र सृष्टि सीताको भूमिकामा छन्।
सिनेमा ३२ वर्षअघिको पपुलर रडकु–ड्रामा उजेलीका निर्देशक दीपेन्द्र गौचनले निर्देशन गरेका छन्। दीपेन्द्रकै निर्माण रहेको सिनेमामा उनकै स्क्रिप्ट लेखन छ। नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरे, ओमप्रकाश कर्ण, अमितेष शाहलगायतले अभिनय गरेको सिनेमामा नकिम उद्दिन कार्यकारी निर्माता रहेका छन्।

Related Articles

Back to top button