EVENTNEWS

दर्शक हसाउँदै गरुड पुराण

सिनेमा संसार सवाददाता
काठमाडौं
आगामी ४ माघबाट प्रदर्शनमा आउने सिनेमा गरुड पुराणको ट्रेलर सोमबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरिएको छ। सिनेमाको ट्रेलर र संवाद हासोमा केन्द्रित छ।
विवाहमा बाजा बजाउनेहरुको कथा बोकेको सिनेमा विवाहको मौसम पारेर ४ माघबाट रिलिज गर्न लागिएको निर्देशक सुवास कोइरालाले बताए। सिनेमा हास्य प्रधान रहेको र दर्शकल पूर्ण मनोरञ्जन लिने निर्देशक कोईरालाले बताए। ट्रेलर अनुसार अभिनेता नाजिर हुसेन सिनेमामा विवाहमा बाजा बजाउने दलित युवाको भूमिकामा छन्। उनकी कन्जुस र झगडालु माईजुको भूमिकामा लुनिभा तुलाधरलाई देख्न पाईन्छ। लुनिभा पवनकलीका रुपमा लोकप्रिय छिन्।
ट्रेलरमा अभिनेता कर्मा शाक्य र नवोदित अभिनेत्री प्रियंका सिंहलाई प्रेम संघर्षमा देखाईएको छ। यसमा रामेश्वर चौरसिया खल चरित्रमा छन्। अर्का अभिनेता प्रविण खतिवडा पैसाको लागि संघर्ष गरिरहेको युवाको भूमिकामा छन्। गरुड पुराणका अन्य कलाकारमा जान्हवी बोहरा, कमल देवकोटा, सरोज श्रेष्ठ, प्रकाश घिमिरे, रश्मी भट्टलगायत छन्।
अजित प्रजापति र अशोक गौतमले निर्माण गरेका सिनेमामा कथा कसम नेपालको, पटकथा बिनोद खतिवडा, अकाश बराल र सुवासको रहेको छ भने संबाद आकाशले लेखेका छन्। सिनेमा सुसन प्रजापतिको छायाँकन गरेका छन् भने रेनेशा बान्तवा राईको नृत्य निर्देशन, उज्ज्वल ढकालको सम्पादन, गगन श्रेष्ठको निर्माण ब्यबस्थापन रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button