MUSICNEWS

अमेरिकावासी शेर्पाको दुई नयन

सिनेमा संसार संवाददाता
काठमाडौं
गीतकार लाक्पा डेण्डी शेर्पाको दुई नयन सार्वजनिक भएको छ। अमेरिकामा बस्दै आएका गीतको शेर्पाको यो पहिलो गीति कोशेली हो।
एल्बम दुई नयनको राजधानीमा एक समारोहबीच बरिष्ठ गीतकार डा. कृष्णहरि बराल र संगीतकार शक्ति बल्लभले संयुक्तरुपमा सार्वजनकि गरेका थि । एल्बम सार्वजनिक गर्दै गीतकार डा. बरालले भने, ‘गीतकार शेर्पाका गीतहरु मन छुने छन्।’ उनले एल्बममा समावेश राष्ट्रिय गीतले आफ्नो मन छोएको बताए। त्यस्तै, कार्यक्रममा बोल्दै संगीतकार बल्लभले विदेशमा रहेर पनि नेपाली गीति लेखनमा शेर्पाले देखाएको गीति मोहलाई सकरात्मक रुपमा लिने पर्ने बताए। उनले भने, ‘गीतकार शेर्पाले प्रदेशमा बसेर पनि आफूलाई नेपाली गीतसंगीतमा उभ्याएका छन्। यो समग्र नेपाली गीतसंगीत क्षेत्रका लागि सकरात्मक कुरा हो।’
गीतकार शेर्पाले आफ्ना दुई छोरीमा समर्पित गर्दै एल्बमको नाम दुई नयन’ जुराएको जनाएका छन्। आफ्ना छोरीहरु आँखाको नानीजस्तै भएकाले आफ्नो पहिलो सांगीतिक कोशेलीलाई दुई नयन नामांकन गरेको उनको भनाइ थियो।
सार्वजनिक एल्बममा बुद्धले परिनिर्माण, स्वच्छ आकाश, उठौँ बीरका सन्तती, म त अस्मिता लुटिएकी, (केटा केटी भर्सनमा छ) र माथि है साल्पा लेकैमा बोलका गीत रहेका छन्। जसमा जगदिश समाल, यशोदा तिमिल्सिना, विष्णु अधिकारी, गणेश पराजुली, यम बराल, डोमा शेर्पा, एपी शेर्पा र मेलिना राईको स्वर रहेको छ भने संगीत ओम कर्माचार्य, सन्तोष श्रेष्ठ र गणेश पराजुलीलगायतको रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button