NEWS

प्रियंकाले गरिन् आयुष्मानसँगै इन्गेजमेन्ट

सिनेमा संसार संवाददाता
काठमाडौं
अन्ततः नायिका प्रियंका कार्कीले आफ्नो प्रेमी तथा नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेकी छिन्।

आयुष्मानकी आमा रविना देशराज जोशीले आफ्नो इन्टाग्राम अकाउन्टमा इनगेजमेन्टका केहि तस्बिर सेयर गर्दै प्रियंकालाई चाँडै नै घरमा स्वागत गर्ने उल्लेख गरेकी छिन्। उनले प्रियंकालाई बिहेअघि नै प्रियंका जोशीसमेत उल्लेख गरेकी छिन्। त्यसैगरी प्रियंकाले बनाएको भाउजु पूर्व मिस नेपाल जेनिषा मोक्तानले प्रियंका र आयुष्मान फोटो सेयर गरेर बधाई दिँदै उनीहरुको नाम जोडेर आयंका लेखेकी छिन्।
प्रियंका केही वर्ष यता आयुष्मानसँग गहिरो प्रेममा थिइन्। उनीहरुबिचको प्रेम रेष्टुरेण्टजस्तो सार्वजनिक स्थल र सार्वजनिक सभा समारोहमा छचल्किँदै आएको थियो। उनीहरुबिच प्रेम सम्बन्ध झागिंदै जाँदा प्रियंका र आयुष्मानका आमाहरुबिच पनि सम्बन्ध प्रगाढ हुँदै आएको थियो। उनीहरुले स्विमिङ पुलमा समेत फोटो खिचेर आफ्नो सोसल मिडियाको अकाउण्टमा सार्वजनिक गरेका थिए।
इन्गेजमेन्ट दुई परिवारका नजिकका सदस्यहरुबिच भएको थियो। प्रियंकाको यो दोस्रो बिबाह हुनेछ भने आयुष्मानको पहिलो। प्रियंकाले केही वर्षअगाडि नै अमेरिकावासी युवासँगको बैबाहिक सम्बन्ध तोडेकी थिइन्। सम्बन्ध विच्छेदपछि सिनेमामा फर्केकी उनी अहिलेकी नम्बर वन नायिकाका रुपमा व्यस्त छिन्।

 

Related Articles

Check Also
Close
Back to top button