CINEMANEWS

सतीदेवी साउनमा आउने

सिनेमा संसार संबाददाता
काठमाडौँ
सिनेमा सतीदेवी साउन ४ गतेदेखि प्रदर्शन हुने भएको छ । फस्र्टलुक पोष्टर सार्वजनिक भएदेखिनै चर्चामा रहेको सिनेमाको प्रदर्शन मिति सोमबार तय गरिएको हो ।लक्ष्मण सुवेदीको लेखन,निर्माण अनि निर्देशनमा बनेको फिल्मलाई मोफसलम एफडि कम्पनी र राजधानीमा रिच इन्टरटेन्मेन्टले बितरण गर्ने छ ।सेन्सर बोर्ड तथा बिशेष प्रदर्शनीबाट उत्कृष्ट प्रतिक्रिया पाएको सिनेमाले गत माघमा सौराहमा सम्पन्न सौराह दक्षिण एशियाली चलचित्र महोत्सवमा सर्वोत्कृष्ट चलचित्र र शिव रेग्मी सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो । त्यसैगरी, हालै रामेछापमा सम्पन्न तेश्रो नेपाल ग्रामिण चलचित्र महोत्सबमा ‘सतीदेवी’ ले सर्वोत्कृष्ट चलचित्र,सर्वोत्कृष्ट स्क्रीप्ट लक्ष्मण सुवेदीले र सर्वोत्कृष्ट अभिनेत्री मलिका महतने जुरी मेन्सन अवार्ड जितेको थियो ।फिल्ममा सापकोटा,सन्दीप बाबु लोहनी, कुलबहादुर अधिकारी,सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारी लगायतको अभिनय छ ।बाबु श्रेष्ठले खिचेको सिनेमा तारा थापाले सम्पादन गरेका हुन् । रामजी लामीछानेले कोरियोग्राफी गरेको फिल्मका गीतमा दीपक शर्मा र सुवास थापाको संगीत अनि देव महर्जनको एक्सन छ । श्रीदेवी,दिलासा र सारा सुवेदी निर्माता रहेको चलचित्र दिलासा कृएसनले गोल्डेन स्टेट मुभी मेकर्स,एलएलसी क्यालिफोर्नीयासँगको सहकार्यमा निर्माण गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button