CINEMAEVENT

ड्रिम गर्लको माया

सिनेमा संसार संवाददाता
काठमाडौं
रिलीजको लागि तयार सिनेमा ड्रिम गर्लमा समाबेश तिम्रो मायामा हराउन बोलको गीत सार्वजनीक गरिएको छ।
ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनेको सिनेमाको सो गीत बिहीबार राजधानीमा आयोजित एक समारोहबिच सार्वजनिक गरिएको हो। दशैको अबसर पारेर अगामी असोज १९ गतेदेखि रिलीजमा आउने सिनेमाको सो गीत अन्जु पन्त र सुरेश लामाले गाएका छन्। अम्बिका शर्माले लेखेका गीतमा अर्जुन पोखरेलको संगीत छ। गम्भीर बिष्टले कोरियोग्राफी गरेको गीतको भिडियोमा आकाश श्रेष्ठ र आश्मा गिरी रोमान्टिक मुडमा प्रस्तुत भएका छन्। रारा ताल र थाइल्याण्डका बिभिन्न रमणीय स्थानमा खिचीएको सो गीतमा प्रेमीप्रेमीकालाई प्रेमभावमा प्रस्तुत गरिएको निर्देशक आचार्यले बताए।
२ करोड भन्दा बढी लगानीमा बनेको फिल्ममा आकाश र आश्माका साथमा सरोज खनाल, अर्जुन श्रेष्ठ, लिल्सन बिक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन्। निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घितालद्वारा निर्मित ड्रिम गर्ल आरबि मुभीजले दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनीसँगको सहकार्यमा निर्माण गरेको हो।
काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचीएको फिल्मको सम्पादन नवीन निरौलाले गरेका छन्। कार्यक्रममा निर्देशक आचार्यले ड्रिम गर्लमा युवा पुस्ताको सोच, प्रेम र समर्पणको कथा रहेको बता । त्यसैगरी, अभिनेता आकाशले फिल्म निकै राम्रो बनेको दाबी गर्दै मेहनत गर्न कुनै कसर बाँकी नराखेको बताए। नवअभिनेत्री आश्माले भने पहिलो फिल्ममै शीर्ष भूमिकामा अभिनय गर्न पाउँदा भाग्यामानी महसुस भएको बताइन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button