CINEMANEWS

इन्टु मिन्टु लण्डन टिम शहर घुम्दै

सिनेमा संसार संवाददाता
काठमाडौं
आगामी असोज ५ गतेबाट अल नेपाल रिलिज हुने सिनेमा इन्टु मिन्टु लण्डनमाले प्रमोशनका लागि शहर टुर गर्ने भएको छ।
निर्देशक रेनेशा वान्तवा राईका अनुसार सिनेमाको मोफसल टुर भाद्र १६ गते झापाको बिर्तामोडबाट सुरु गरिनेछ। त्यसपछि १७ गते दमक, २२ गते इटहरी र बिराटनगर, २३ गते धरान, २६ गते पोखरा, २७ गते चितवन, २८ गते बुटवल र २९ नेपालगन्ज पुगेर सिनेमा निर्माण टिम काठमाडौं फर्किने छ। प्रज्वल समशेर जबरा र प्रभु समशेर जबराले निमार्ण गरेको सिनेमाबाट कोरियोग्राफर रेनेशा वान्तवा राईले निर्देशनमा डेब्यु गरेकी छिन्। आई कोर फिल्म्स्को व्यानरमा निर्मित इन्टु मिन्टु लण्डनमा का सहनिर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन्। सिनेमाको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ।
शैलेन्द्रध्वज कार्कीको छायांकन रहेको सिनेमामा सूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ। प्रज्जवल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायतका कलाकार मुख्य भूमिकामा छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button