CINEMANEWS

पोष्टरमा रुमालै छ चिनो

सिनेमा संसार संवाददाता
आगामी फागुन १० गतेबाट रिलीजमा आउने सिनेमा रुमालै छ चिनोको पोष्टर सार्वजनिक गरिएको छ। यसअघि ट्रेलर र गीत रिलिज भइसकेको यो सिनेमाको सार्वजनिक चार पोष्टरमा मुख्य भूमिकामा रहेका नायक सुशान्त कार्की र नायिका अप्सना थापा फिचर्ड छन्।

दिनेश सिंह ठकुरी निर्देशीत यो सिनेमा काठ क्षेत्रका चर्चित गायक रेशम थापाको लोकप्रिय गीत रुमालै छ चिनोको नाम सापटी लिएर निर्माण गरिएको हो। ज्योती फिल्मस्को ब्यानरमा बनेको यो सिनेमामा चन्द्र बहादुर खड्का, दीपक ढकाल र राम प्रसाद पाण्डेको सयुक्त लगानी छ। निर्देशक ठकुरीले सिनेमाको पोष्टर रिलिजसँगै अहिले मिक्सिङको काम भइरहेको जानकारी गराए। ‘अहिले पोष्टर रिलिज गरेसँगै पोष्ट प्रोडक्सनको काम गरिरहेका छौं। साथै पोष्टरहरु सबैहलहहरुमा प्गिसकेको छ’ ठकुरीले जानकारी गराए। यसअघि अर्जुन पोखरेल र अञ्जु पन्तको स्वर रहेको ए माया बोलको गीत सार्वजनिक भइसकेको छ भने आगामी शुक्रबार अर्को बियोगान्त गीत सार्वजनिक गर्ने तयारीमा रहेको निर्देशक ठकुरीले जानकारी गराएका छन्।
बिनोद सापकोटाले छायांकन र शिब थारुले सम्पादन गरेको सिनेमामा सुशान्त र अप्सनाको साथमा किशोर खतिवडा, सञ्चिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्कालगायतका कलाकारहरु मूख्य भूकिामा छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button