CINEMANEWS

एकलब्यमा एक्सन

सिनेमा संसार संवाददाता
काठमाडौं
भोलि शुक्रवारदेखि अल नेपाल रिलीज हुने सिनेमा एकलब्यको ट्रेलर सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलबाट यसको ट्रेलर रिलिज गरिएको हो।
अनमोल शर्माले निर्देशन गरेको एकलब्यको ट्रेलर एक्सन प्रधान रहेको छ। ट्रेलरमा गुण्डागर्दी, अपहरण, हत्या, भ्रस्टाचारजस्ता अहिलेका विविध समस्यालाई प्रस्तुत गरिएको छ। यसका निर्देशक शर्माका अनुसार एकलव्य समसामयिक बिषयमा निर्माण गरिको सामाजिक प्रेम कथामा आधारित छ। फिल्मका अभिनेताद्धय सोनाम थापा मगर र पुष्कर राउतको एक्सन ससक्त छ।
२ साता अघि यो सिनेमाको पूर्वै चल्नेया रेलको भिडियो रिलिज गरिएको थियो। रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको लोक लयमा आधारित यो गीतको भिडियोलाई दर्शकले मन पराएका छन्।
यो सिनेमामा सोनम थापा मगर, पुष्कर राउत, ओसिन भट्टराई, महिला सिलवाल, शुशिल पोखरेल, सुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको अभिनय रहेको छ। एकलब्यलाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापा मगरले निर्माण गरेका हुन्।
एकलब्यलाई अनमोल शर्माले निर्देशन गरेका हुन्। दर्जनभन्दा बढी सिनेमामा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका शर्माको यो डेब्यु निर्देशन हो। सिनेमामा कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत÷संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button