CINEMANEWS

एलिजाले बल्ल पाइन् अर्को सिनेमा

अन्य कलाकार र प्राविधिक चयन गर्नै बाँकी

सिनेमा संसार संवाददाता
काठमाडौं
एक मात्र सिनेमा खेलेर बस्न बाध्य नायिका एलिजा गौतम अब घुइँचो नामक सिनेमामा देखिने भएकी छिन्। हालै राजधानीमा आयोजित एक समारोहबीच यो सिनेमा निर्माणको घोषणा गरिएको छ।

सामाजिक कथाबस्तुमा बन्ने सिनेमाको निर्देशन दीपेन्द्र लामाले गर्ने भएका छन्। रामजी दैलेखीले निर्माण गर्ने सिनेमाले गाउँदेखि अमेरिकाको कथा भन्ने जानकारी निर्देशक लामाले दि । उनले सिनेमालाई उत्कृष्ट बनाउन आफूले कुनै कसर नछाड्ने दाबी गरे।

नायिका एलिजा गौतमले यो सिनेमा आफ्ना लागि पूनःजन्म भएका बताइन्। नायक कुन्साङले नायिका एलिजा गौतमका बारेमा आफूले धेरै कुरा सुनेको र सँगै काम गर्न पाउँदा खुशी लागेको बताए। सिनेमाको छायांकन माघकोे अन्तिम साताबाट सुरु गर्ने निर्माण पक्षले जानकारी गराएको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button