CINEMAMUSIC

ठगराजलाई माया बसेको रैछ

सिनेमा संसार संवाददाता
काठमाडौं
ठगराज नामक सिनेमाको पहिलो गीतको रेकर्डिङ सम्पन्न भएको छ। लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा बन्न लागेको सिनेमाको गीतमा दीपक शर्माको संगीत रहेको छ। रेकर्ड भएको माया बसेको रैछ बोलको गीतको शब्द सुवेदीले नै लेखेका हुन्। गीतको एरेन्ज शिवराम रसाइलीले गरेका छन्। माया प्रेमको गीतमा प्रताप र दीपाको स्वर रहेको छ।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रिएसनको ब्यानरमा निर्माण हुने सिनेमा जेठमा छायाँकन गर्ने तयारी रहेको छ। सामाजिक कथावस्तुमा निर्माण हुने सिनेमाको कलाकार तथा प्राबिधिक टिम छनोट कार्य भई रहेको निर्देशक सुवेदीले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button