CINEMANEWS

रिलीजपछि आयो बुलाकीको गीत

सिनेमा संसार संवाददाता
काठमाडौ
शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा बुलाकीमा समावेश गीत यो खास्टो मायाको रिलिज गरिएकोे छ।
शनिबार इन्टरनेटमा रिलिज गरिएको गीतमा अभिनेत्री सुरक्षा पन्त र डेव्यु अभिनेता बिराज बिष्टलाई रोमान्टिक अवतारमा फिचर्ड गरिएको छ ।
सार्वजनिक गीतमा श्रीकृष्ण बम मल्लको शब्द र संगीत तथा शिव परियार र प्रविसा अधिकारीको स्वर छ। डोल्पाका रमणीय स्थानमा खिचिएको गीतमा निर्देशक लक्ष्मण सुनारको कोरियोग्राफी रहेको छ। गीतको भिडियो र अडियो औषत बनेको छ। प्रदर्शनको पहिलो दिन राम्रो ब्यापार गरेको सिनेमाले दोस्रो दिन शनिबारको व्यापार औषत छ।
बुलाकीमा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ। रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाईंले अभिनय गरेको सिनेमाबाट प्रकाश कँडेल र सरस्वती खत्रीले डेव्यु गरेका छन्।

Related Articles

Check Also
Close
Back to top button