MUSICNEWS

प्रथम अभिनेत्री भुवन चन्दलाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित

सिनेमा संसार
काठमाडौं

नेपाली फिल्मकी प्रथम अभिनेत्री भुवन चन्द थापा लाइफ टाइम एचिभमेन्ट अवार्ड –२०८१ बाट सम्मानित भएकी छिन्
राजधानीमा हालै सम्पन्न चौथो संस्करणको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ मा उनलाई १० हजार १० रुपियाँ नगदसहित पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्मानित गरेका हुन्। त्यसै गरी ५ हजार ५५५ रुपियाँ सहित पत्रकार सानुकाजी श्रेष्ठलाई क्वालिटी कला पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत गरिएको छ।

कार्यक्रममा नाट्यकर्मी तथा अभिनेता विरेन्द्र हमाल, अभिनेत्री मञ्जु श्रेष्ठ, नृत्य निर्देशक शंकर बिसी र शिव बिक, स्टेज डिजाइनर रमेश श्रेष्ठ, गायकहरू हिमाल श्रेष्ठ, नेत्रजी पन्त, हुम गैरे र कमल विरही थापा, गायिका सत्यकला राई, फिल्म निर्देशक दिवाकर भट्टराई, साउन्ड रेकर्डिस्ट सञ्जय श्रेष्ठ, फिल्म निर्माता धु्रव न्यौपाने र विनोद गुरुङ तथा कलाकार मनु थुक्लुङलाई सम्मान गरिएको थियो।

विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथ सम्पन्न कार्यक्रममा आधुनिक संगीतको विधामा हेमन्त शिशिर सर्वोत्कृष्ट गायक, धन किरण गुरुङ डायरस्पोरा गायक, विदुरराज गिरी गीतकार, पल घल संगीतकार, मिलन श्रेष्ठ भिडियो निर्देशक, दिक्पाल कार्की र रिना गुरुङ मोडल, लोक दोहोरीतर्फ मौसम गुरुङ दोहोरी गीत गायक, रुद्र शर्मा लोक–पप गायक, शुक्र तामाङ मौलिक गीत गायक, पूजा परियार गायिका, सरिता भारती लोकगीत गायिका, बिमा सारू मगर नव गायिका, ओम छिनाल गीतकार तथा लोमश शर्मा र कमला बिसीले मोडलको अवार्ड प्राप्त गरे।

फिल्मतर्फ दिलीप फुरुम्बो निर्देशक, रुद्र पाहिम अभिनेता, आकृति गुरुङ अभिनेत्री, पवित्र तेम्बे चरित्र अभिनेत्री, रश्मी पाण्डे टेली फिल्म चरित्र अभिनेत्रीको अवार्ड प्राप्त गरे। अवार्डका आयोजक एवम् फिल्म निर्देशक उमेश गुरुङले नेपाली फिल्म र गीत संगीतको प्रवद्र्धनका लागि क्वालिटी फिल्म्स्ले अवार्ड कार्यक्रम गर्दै आएको जानकारी गराए।

Related Articles

Check Also
Close
Back to top button