CINEMANEWS

टिजरमा सलिनमानको यात्रा

सिनेमा संसार संवाददाता
काठमाडौं
राजधानीमा एक कार्यक्रमको आयोजनागर्दै सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्म यात्रा ः अ म्युजिकल भ्लगको टिजर सार्वजनिक गरिएको छ। आगामी चैत्र २९ मा रिलिज गरिने फिल्मको टिजरमा क्यारेटर लुक्ससँगै कथालाई पनि केहि हदसम्म प्रस्ट्याउने प्रयास गरिएको छ।
डेब्यु फिल्म ए मेरो हजुर २ मार्फत नै दर्शकको मनमा बस्न सफल राइजिङ स्टार सलिनमान बनिया अभिनित फिल्मको झण्डै एक मिनेट लामो टिजरमा उनको रोमान्टिकसँगै एक्सन अवतारलाई पनि समेटिएको छ। फिल्ममा सलिनमानसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रज्वल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतले अभिनय गरेका छन्। यसै फिल्ममार्फत मालिका महतले डेब्यु गर्दैछिन् भने चाइनाका जुन झाङ र केन्याका बबीको पनिअभिनय रहेको छ। फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन्। फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ।
सम्राट शाक्यको कथा तथा निर्देशन रहेका फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन्।
कोटकी कालिका देवी फिल्म्सस् प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माणधिन फिल्ममा केशव भट्टराईसँगै चिजकुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेका छन् भने बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह – निर्माता रहेका छन्।
फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिष शाहको सम्पादन रहनेछ भने शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहनेछ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button