MUSICNEWS

किरण राईले ल्याए मायाको गीत

सिनेमा संसार
काठमाडौं
द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राईको नयाँ गीत यो के गरेको तिमीले सार्वजनिक भएको छ।
डम्बर नेपालीको शब्द र संगीत रहेको गीतमा गोपाल रसाईलीको एरेञ्जमेन्ट रहेको छ। करण राई युट्युव च्यानलबाट सार्वजनिक गीतको भिडियो शान थापाले निर्देशन गरेका छन् भिडियोमा गायक करणकै कन्सेप्ट रहेको छ।
एक प्रेमीको वियोगान्त कथा प्रस्तुत गरिएको भिडियोमा कुलतमा फसेकी एक युवतीको प्रेममा परेको प्रेमीले माया गर्दा पाएको दुःख सिनेमाको शैलीमा प्रस्तुत गरिएको छ। भिडियोमा करणको साथमा मोडल कृशला तामाङ फिचर्ड छन्। दिनेश पराजुलीको छायाँकन र बिबेक सुनारको सम्पादन रहेको म्युजिक भिडियोमा सुप्रिम पराजुलीको कलर रहेको छ।

Related Articles

Back to top button