CINEMANEWS

यात्राको यात्री गीत

सिनेमा संसार संवाददाता
काठमाडौं
वर्ष २०७५ कै अन्तिम दिन पारेर आगामी चैत्र मसान्तमा सिनेमा यात्रा : अ म्युजिकल भ्लग रिलिज हुँदैछ। जसमा राइजिङ स्टार सलिनमान बनिया मूख्य भूमिाकामा छन्। सलिनमान यसमा यात्रीको भूमिकामा छन्। यात्राको क्रममा आउने आरोह अवरोहलाई यसमा देखाइएको यस सिनेमाको ट्राभल संग रिलिज गरिएको छ।
ट्राभल संग काठमान्डूबाट सुरु गरिएको छ भनेसोलुखुम्बुसम्मको यात्रा देखाइएको छ। गीतमा धर्मेन्द्र सेवान, मेलिना राई, प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको स्वर छ भने शब्द र संगीत प्रतिक पौडेलको छ। डेब्यु सिनेमा ए मेरो हजुर २ मार्फत नै आफ्नो एक किसिमको फ्यान फ्लोअर्स बनाइसकेका सलिनमा यस सिनेमामार्फत निकै आश्वादी छन्। भ्ल्गिस्टको भूमिकालाई सक्दो न्याय गरेको उनी बताउँछन्। ‘मैले चाहेकै किसमको भूमिकालाई यसमा निर्वाह गरेको छु’ सलिनमानले भने ‘सिनेमाले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन त गर्छ नै, लोकेशनको कारण दर्शकको आँखामा शितलतासमेत दिन्छ।’
सिनेमा सम्राट शाक्यले निर्देशन गरेका छन्। दुई दशक अगाडी सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भई काम गरेको सिनेमाहरु के यो माया हो, मेरो लभ स्टोरी, कोहि मेरो, नोभेम्बर रेन, होमवर्क, छक्का पञ्जा, ऐश्वर्य, कृलगायत चर्चामा थिए। ‘सिनेमाको कथावस्तु यात्रामा केन्द्रित छ। तर यसले पूर्ण रुपमा मनोरंजन दिन्छ’ निर्देशक शाक्य भन्छन् ‘सिनेमामा चाहिने सम्पूर्ण तत्व यात्रामा छ।’ सिनेमामा यात्राको क्रम आउने परिस्थिति, माया र मित्रतालाई देखाइने उनले बताए।सिनेमामा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, ईश्वर पौडेल, बिशाल पहाडी, प्रज्वल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतले अभिनय गरेका छन्। यो सिनेमामार्फत मल्लिका महतले डेब्यु गर्दै््िछन भने विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ। सिनेमामा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन्।

कोटकी कालिका देवी फिल्म्स् प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माणाधिन सिनेमामा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेका छन् भने बिक्रम पराजुली, मुक्ति तिम्सिना र रामशरण घिमिरे सह निर्माता रहेका छन्। सिनेमाका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन्। सिनेमामा कथा पनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन्। सिनेमामा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button