NEWS

गोपीमाथि कविता प्रतियोगिता

सिनेमा संसार संवाददाता
काठमाडौं
आरोही इन्टरटेनमेन्ट प्रालिले गोपी सिनेमाको प्रवद्र्धन गर्न कविता प्रतियोगिता आह्वान गरेको छ। कम्पनीले बुधबार नगद पुरस्कारसहितको कविता प्रतियोगिता घोषणा गरेको हो।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइनेछ। त्यस्तै सात जनालाई जनही ५ हजार रुपैयाँसान्त्वना पुरस्कार पनि प्रदान गरिनेछ। प्रतियोगितामा विश्वका जुनसुकै स्थानमा बस्ने नेपालीले भाग लिन पाउनेछन् भने उमेरको कुनै हदबन्दी छैन। सहभागीले गोपी सिनेमाको ट्रेलर हेरेर स्वावलम्बन, स्वरोजगार र परिश्रमको भाव झल्किने कविता लेख्नुपर्नेछ।
सहभागीहरुबाट प्राप्त कवितालाई दुई कवि उपेन्द्र सुब्बा र नवराज पराजुलीले मूल्यांकन गरेर विजेता छनोट गर्नेछन्। आगामी माघ ७सम्म प्राप्त कवितालाई प्रतियोगितामा समावेश गरिने आयोजकले जनाएका छन्। कविता नेपाली भाषा लेखिएको हुनुपर्नेछ। माघको दोस्रो हप्ता विजेतालाई पुरस्कृत गरिनेछ। यस्तो खाले प्रतियोगिताले नयाँ प्रतिभाहरुलाई ठूलो उत्साह मिल्ने निर्णायक उपेन्द्र सुब्बा बताउँछन्। कविताप्रति युवाहरुको रुचि पछिल्लो समयमा बढिरहेको र यो प्रतियोगिताले त्यसमा थप टेवा पु¥याउने विश्वास अर्का निर्णायक नवराज पराजुलीको छ। गोपीलाई साहित्यसँग जोड्नका लागि कविता प्रतियोगिता आयोजना गरिएको निर्देशक दीपेन्द्र लामाले बताए।
आरोही इन्टरटेनमेन्टले निर्माण गरेको गोपी आगामी माघ १८ गते रिलिज हुँदैछ। सामिप्यराज तिमल्सेनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको सिनेमा आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन्। सिनेमामा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रमेश अधिकारी, अंकित खड्का, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याललगायतले अभिनय गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button