CINEMANEWS

जाइराजको जिन्दगीको खेल

सिनेमा संसार संवाददाता
काठमाडौं
गत भदौ ६ गते शुक्रवार कृष्ण जन्माष्टमीको अवसर पारेर रिलीजमा आएको अभिनेत्री नम्रता श्रेष्ठ स्टारर सिनेमा जाइराको ओरिजिनल साउण्ड ट्रयाक जिन्दगीको खेल सार्वजनिक भएको छ। टम्बल वीड ब्याण्डले तयार पारेको यो गीतको भिडियोमा प्रियंका आरएल थापा, मोनिषा कर्माचार्य, मोनिका कर्माचार्य र सेलिषा श्रेष्ठको गेस्ट अपिरियन्स छ।
बदलाको कथामा आधारित जाइरामा अभिनेत्री नम्रता मिक्श मार्शल आर्ट खेलाडीको भूमिकामा छिन्। सिनेमामा उनलाई एक्सन अवतारमा देख्न सकिन्छ। उनले मार्शल आर्ट खेलाडी बन्नका लागि उनले अफस्क्रिन गरेको मेहनत प्रष्ट देखिन्छ।
यसमा नम्रतासँगै प्रमोद अग्रहरी, अनुपबिक्रम शाही, रेमणदास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरलगायतको अभिनय छ। सिनेमाका निर्देशक आशुतोषराज श्रेष्ठ हुन्। प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको सिनेमालाई बाबु श्रेष्ठले खिचेका छन् भने लोकेश बज्राचार्यको सम्पादन छ। चलचित्रको पटकथा निर्देशक श्रेष्ठ र निरोज महर्जनको हो।
अभिनेत्री श्रेष्ठको प्रोडक्सन कम्पनी नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानरमा निर्माण भएको सिनेमामा सम्राट बस्नेको द्वन्द निर्देशन छ। प्रनिता श्रेष्ठ निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता प्रसन्न गोपाली हुन्। दर्शकबाट मिश्रित प्रतिक्रिया बटुलेको सिनेमाले बक्सअफिसमा सन्तोषजनक व्यापार गरिरहेको निर्माण टिमबाट जानकारी प्राप्त भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button