CINEMANEWS

सस्पेन्स थ्रिलरमा अनागत

सिनेमा संसार संवाददाता
काठमाडौं
सस्पेन्स थ्रिलरमा फिल्म अनागत बनेको छ। युनिटले राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मबारे जानकारी गराएको छ। मनोविज्ञानमा आधारित फिल्मले एक परिवारको कथा देखाएको छ।
एक परिवारमा शंकाउत्पन्न भएपछी आउने परिस्थितिलाई फिल्ममा देखाइएको छ। फिल्ममा अर्पण थापा, प्रियंका कार्की, प्रविन खतिवडा, रोसिन सुबेदीलगायतको अभिनय रहेको छ। फिल्ममा प्रियंका कार्की र अर्पण थापाले श्रीमान र श्रीमतीको भूमिका निर्वाह गरेका छन्। प्रमोसन म्याटेरियल रिलिज समारोहमा अर्पण, प्रियंका, प्रविन, रोसिनलगायत उपस्थित थिए। फिल्म लेटरमार्फत् निर्देशनमा डेब्यु गरेका साम्तेन भुटियाले फिल्मलाई निर्देशन गरेका हुन्। माउन्टेन रिभर फिल्म्स्र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयमले संयुक्तरुपमा निर्माण गरेको फिल्ममा कथा चन्द्रकुमार झा, पटकथा प्रवचन श्रेष्ठ र भुटिया तथा छायांकन सिसन बानियाँको रहेको छ।
‘फिल्मले एउटा परिवारको कथा भन्छ र यसमा परिवारमा आउने समस्यालाई चित्रण गरेका छौँ। फिल्ममा मैले सोचेकोझैँ प्रियंका र अर्पणले आफुलाई प्रस्तुत गर्नु भएको छ। यो फिल्म सस्पेन्स थ्रिल जनराको हो’ भुटियाले भने ‘जसमा शंका उत्पन्न गर्ने अवस्थालाई देखाइनेछ। यसमा अरु कमर्सियल फिल्मजस्तो तडक भडक छैन, यथार्थसँग नजिक छ।’
अभिनेता अर्पण थापाले धेरै यो फिल्म आप्mनो निकै नजिक रहेको फिल्म भएको बताए। ‘यसको क्यारेक्टरबाट निस्किन मलाइ समय लागेको थियो। त्यहिअनुरुप सुन्ने बानि भैसकेको थियो। यसमा एउटा मान्छे, जो आर्टिस्ट हो र सन्तुलित छ। उ असन्तुलित भएपछि उब्जिने अवस्थालाई चित्रण गरेका छौ। फिल्मले दर्शकलाई एक किसिमको आनन्द दिलाउँछ’ अर्पणले भने।
नायिका प्रियंका कार्कीले फिल्ममा उनलाई गृहिणीको भूमिकामा देखिने बताइन्। ‘त्यस समयमा मैले फरक भूमिकाको लागि यस किसिमको रोल रुचाएको थिएँ, तर त्यसपछि पनि यस किसिमको भूमिका गर्न पाएको छैन। फिल्मले नजिकबाट जीवनको यथार्थलाई देखाउने प्रयाश गरेको छ। फिल्मले फरक स्वाद रुचाउने दर्शकलाई निराश बनाउँदैन’ प्रियंकाले भनिन्।

Related Articles

Check Also
Close
Back to top button