CINEMANEWS

दाल भात तरकारी देशैभर आक्रामक

सिनेमा संसार संवाददाता
काठमाडौं
शुक्रबार रिलिजमा आएको सिनेमा दालभात तरकारीले आज शनिबार देशैभर आक्रामक व्यापार गरेको छ।
यसले काठमाण्डौको गोपिकृष्ण मुभिज, अष्टनारायणदेखि मल्टिप्लेक्समा पनि आक्रामक व्यापार गरेको छ।
शनिबार बिहानैबाट सबैभन्दा ठूलो चेन मानिने क्यूएफएक्सका २४ शोजमै दर्शकको उपस्थिती बाक्लो छ भने दिवा शोसमेत अधिकांस हाउसफुल रहेका छन्। बिहानैबाट हरेक शोमा ९५ देखि सय प्रतिशत दर्शकको उपस्थिती छ। सिनेमाका प्रस्तुतकर्ता किरण केसीले यो व्यापारलाई आक्रामक भन्दै दर्शकलाई धन्यवाद दिए।
सिनमोले शनिवार सिङ्गल र मल्टिप्लेक्स दुवै क्याटेगोरीको हलमा हाउसफुलका साथ ब्यापार गरिरहेको छ। समिक्षागतरुपमा मिश्रित प्रतिक्रिया पाइरहेको सिनेमा हेरेर निस्किएका दर्शकले यसलाई राम्रो भनेका छन्। अमेरिका जाने सपना बुनेको एक परिवारको कथालाई यो सिनेमाले रमाइलो शैलीमा प्रस्तुत गरेको छ। मुख्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंशआचार्य, पुष्प खड्का, आँचल शर्मा, किरण केसी, निर्देशक सुदन केसी आज बिहानैदेखि काठमाण्डौका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन्।
काठमाण्डौका गोपिकृष्ण, अष्टनारायण, एफक्यूबलगायतका हलमा पुगेर उनीहरुले दर्शकसँग साक्षात्कार गरे। किरण केसीको प्रस्तुति रहेको सिनेमालाई उनकै पुत्र सुदन केसीले निर्देशन गरेका छन्।

सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, बर्षा राउत, आँचल शर्मा, पुष्प खड्का, शिवहरी पौडेल, बसुन्धरा भुसाल, रविन तामाङ, किरण केसी, राजाराम पौडेललगायतको अभिनय रहेको छ। सिनेमाको कथा हरिवंश आचार्यले लेखेका हुन् भने पटकथा तथा संवाद पनिउनकै रहेको छ। यसमा यमन श्रेष्ठ, नरेन्द्र कंसाकार, जयनन्द लामा, मोहितबंश आचार्यलगायतका कलाकारहरुको पनि सिनेमामा अभिनय रहेको छ। मित्र डि. गुरुङको सम्पादन रहेको सिनेमा दिर्घ गुरुङले खिचेका हुन्। यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन्। प्रविन सिंह र कविराजगहतराजको सिनेमाका गीतमा कोरियोग्राफी छ।

Related Articles

Check Also
Close
Back to top button