CINEMANEWS

नम्रताको चिँ मुसी चिँ

सिनेमा संसार संवाददाता
काठमाडौं
रिलीजको लागि तयार भएको चिँ मुसी चिँको टाइटल संग रिलिज गरिएको छ। मंगलवार युट्युबबाट यसको गीत रिलीज गरिएको हो।
गीतको भिडियोमा नायिका नम्रता सापकोटाले मनमोहक डान्स गरेकी छिन्। प्रमूख कलाकारहरु सुनिल क्षेत्री र अलिशा शर्मा र अर्का कलाकार शिवराज शर्मा पनि छन्। कोरियोग्राफी विक्रम स्वाँरले गरेका छन्।
सन्तोष पोखरेलका शब्द र करणराज कार्कीको संगीत रहेको गीतमा सुजाता पाण्डेको स्वर सुन्न सकिन्छ।
म्यूजिकल थ्रिलर जनरामा निर्मित सिनेमा निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका छन्। सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ। बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button