NEWS

विजय र गौरीले गरे मेदान्त हस्पिटलको शुभारम्भ

सिनेमा संसार
काठमाडौं
मेदान्त आयुर्वेद हस्पिटलको शुभारम्भ गरिएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ क्याप्टेन विजय लामा र बरिष्ठ अभिनेत्री गौरी मल्लले हस्पिटलको शुभारम्भ गरेका हुन्। सोही क्रममा अभिनेत्री गौरी मल्लले अहिले खाएर अहिले परिणाम आउने औषधीभन्दा आयुर्वेदिक औषधी राम्रो हुने बताईन्। उनले आयुर्वेदिक औषधी प्रयोग गर्दा धैर्यता राख्नुपर्ने भन्दै यसको परिणाम आउन ढिला भएपनि राम्रो हुने बताईन्।
क्याप्टेन लामाले आर्युवेद निकै पुरानो औषधी भएको र यसलाई बिकल्पका रुपमा राख्न नहुने बताए। नेपाल एयरलायन्समा ३८ वर्षसम्म जहाज उडाएका क्याप्टेन लामाले ६४ वर्षको उमेरमा पुग्दा मुख्य रुपमा खानपान र व्याममा ध्यान दिनुपर्ने बताए। त्यति गर्दा पनि शरीरमा समस्या देखिए पहिलो प्राथमिकतामा आयुर्वेदलाई नै विश्वास गर्नुपर्नेमा जोड दिए। क्याप्टेन लामाले मेदान्त आयुर्वेद हस्पिटलका बरिष्ठ चिकित्सक तथा अध्यक्ष डाक्टर सुवर्ण पौडेललाई हौस्याउँदै सँधै डटेर लाग्न उत्साह समेत प्रदान गरे। सो अवसरमा डक्टर पौडेलले मेदान्त आयुर्वेद हस्पिटलका बारेमा जानकारी दिँदै जम्मा १ सय रुपैयाँमा ओपीडी सुरु गरिएको जानकारी गराए।

Related Articles

Check Also
Close
Back to top button