NEWS

ए..सोल्टिनी असार १५ मा

सिनेमा संसार संवाददाता
काठमाडौं
ए सोल्टिनी नामक सिनेमा आगामी असार १५ का दिन रिलीज हुने भएको छ। दिलकुमार घलान तामाङले निर्माण गरेको सिनेमा निर्देशक निमा लामा तामाङले निर्देशन गरेका छन्।
जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा पूर्णी तामाङ प्रस्तुतकर्ता रहेको सिनेमामा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्वा, अनिता गोले, गंगा रानामगर, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन्। सिनेमा निकै रमाइलो बनेकाले दर्शकले मन पराउने बिश्वास निर्माता दिलकुमारको छ।
काठमाडौ उपत्यका वरिपरि खिचीएको सिनेमामा सोल्टिनीको माया पाउन सोल्टाहरुले गर्ने संघर्ष र तडप प्रस्तुत गरिएको निर्देशक तामाङले बताए। कमेडी, लभ, एक्शन तथा सेन्टिमेन्ट, सबै कुराले सिनेमा भरिपूर्ण भएको निर्देशन निमाको दावी छ। बिश्वास भण्डारीले छायांकन तथा सम्पादन रहेको सिनेमामा सोमलाल बाइवा र बिनय केटुको संगीत छ। राज गोलेले द्धन्द्ध निर्देशन गरेको सिनेमाको कोरियोग्राफी अभि लामाले गरेका छन्।

https://youtu.be/6mEOtLv7RLE

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button