CINEMANEWS

टिजरमा रणवीर

सिनेमा संसार संवाददाता
काठमाडौं
रणवीर नामक सिनेमाको टिजर सार्वजानिक भएको छ। आगामी माघ १८ मा रिलिज हुने सिनेमाले मोसन पोष्टर र पोष्टर सार्वजनिक गरेपछि टिजर सार्वजनिक गरेको हो।
सार्वजनिक टिजरमा सिनेमाका दुई कलाकार सुशील सिटौला र प्रशान्त ताम्राकारबीचको टसल देखाइएको छ। अघिल्ला फिल्मको तुलनामा सुशील यसमा फेरिएका छन्। उनले शारीरिकरुपमा पनि आफुलाई परिवर्तन गरेको पाइन्छ। सिनेमामा प्रशान्त नेगेटिभ क्यारेक्टरमा देखिएका छन्। एक्सन जनराको सिनेमाको टिजरमा यी दुईबीचकै टसल र बदलाको भाव चित्रण गरिएको छ। महङ्गो बजेटमा तयार भएको सिनेमा गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन्। यसमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ। सिनेमामा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेललगायतका कलाकारको अभिनय रहेको छ। सिनेमामा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ। पछिल्लो समय लभ स्टोरी र कमेडी शैलीका फिल्म आइरहेका बेला रणवीर भने एक्सन र थ्रिलले भरिपूर्ण छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button