CINEMANEWS

एउटीलाई मुटुमा घर अर्कीलाई कलेजीमा

सिनेमा संसार संवादाता
काठमाडौं
आगामी चैत्र १ गते रिलिज हुने सिनेमा जानीनजानीको पहिलो गीत सार्वजनिक गरिएको छ। बिहीबार राजधानीको दरवारमार्गस्थित क्युज सिनेमामा आयोजित एक समारोहबिच सिनेमाको एउटीलाई मुटुमा घर बोलको गीत सार्वजनिक गरिएको हो।
अम्बिका शर्माको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ भने अर्जुनका साथमा दुर्गा खरेलले स्वर दिएकी छिन्। मनिष श्रेष्ठ र सुमी मोक्तानलाई फिचर्ड गरिएको गीतलाई कविराज गहतराजले कोरियोग्राफ गरेका छन्। गीतमा मनिष र सुमीसँगै डेब्यु गर्ल निरिशा बस्नेत पनि फिचर्ड छिन्। सिनेमामा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ प्रकाश अधिकारी , कृष्णभक्त महर्जन, रोशनी केसी लगायतले पनि अभिनय गरेका छन्। आधुनिक प्रेम कथामा आधारित सिनेमाको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने यही सिनेमामार्फत धेरै सफल सिनेमामा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्तअधिकारी निर्देशनमा डेब्यु गर्दैछन। यसमा प्रेम कथासँगै राष्ट्रियता र युवापुस्ताले बोध गर्नु पर्ने जिम्मेवारीलाई पनि देखाइएको छ। सिनेमामा छायाँकन सञ्जय लामाको रहेको छ भने सम्पादन अर्जुन जिसीले गरेका छन्। रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित सिनेमाकी प्रस्तुतकर्ता रोशनी केसी हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button