EVENTFASHIONNEWS

कलाकारको क्याटवाक

सिनेमा संसार
काठमाडौं

लोकप्रिय कलाकाहरु प्रदीप खड्का, आँचल शर्मा, साम्राज्ञी राज्य लक्ष्मी शाह, मिरुना मगर, शिल्पा मास्केलगायतले शनिवार बेलुकी क्याट वाक गरेका छन्।


उनीहरुले ग्लाम नेपाल इन्टरनेसनलको चौथो संस्करणमा चर्चित डिजाइनरले बनाएका मोडलहरुका साथ क्याट वाक गरेका हुन्। दरबारमार्गस्थित याक एण्ड यति होटलमा आयोजित फेसन सोमा कलाकारहरुले शो टपरको रुपमा र्याम्पमा क्याट वाक गरेका हुन्।
फेसन शोमा कलाकारबाहेक पुरुष र महिला गरेर ३० मोडलले बिभिन्न पहिरनका आकर्षक डिजाइन र्याम्प वाक गरेका थि । प्रारम्भ प्रोडक्सनको आयोजना रहेको फेसन शोमा बिभिन्न ९ सिक्वेलमा स्वयंम गुरुङ, सेन्स क्लिक, अफ, सम्राट कउचर, राइनो लेदर्स, आग्य खनाल, हुबा, अन्नुुस् क्रियसन, वेरा बाई जारा, राजन शाह लगायतका डिजाइनर्सका आकर्षक र नबिनतम पहिरन र्याम्प शो प्रस्तुत भएको थियो।
करिब तीन घन्टा चलेको शोमा कलाकार, ब्यवसायी लगायत बिभिन्न ब्यक्तिहरुको सहभागीता रहेको थियो ।

 

Related Articles

Check Also
Close
Back to top button