CINEMANEWS

द म्यान फ्रम काठमाडौंको शिर्ष गीत सार्वजनिक

सिनेमा संसार संवाददाता
काठमाडौं
आगामी चैत्र १ गतेबाट रिलिज हुने सिनेमा द म्यान फ्रम काठमाडौंको शिर्ष गीत सार्वजनिक गरिएको छ। सोमबार सामाजिक सञ्जाल युट्युबबाट सिनेमाको गीत सार्वजनिक गरिएको हो।
१९७४ एडी ब्याण्डले तयार पारेको काठमाडौं बोलको गीतमा रोहित जंग क्षेत्रीकाको शब्द, संगीत तथा स्वर रहेको छ। सिनेमाको सार्वजनिक गीतमा मुख्य कलाकारहरुका साथै ब्याण्ड सदस्यहरुलाई पनि स्थान दिइएको छ। सिनेमाको शिर्ष गीतले काठमाडौंको कथा व्यथा बोल्ने निर्माण टिमको भनाई छ।
द म्यान फ्रम काठमाडौ नेपालबाट पहिलोपटक अंग्रेजी र नेपाली दुवै भाषमा निर्माण भएको सिनेमा हो। यो सिनेमाको नेपालको काठमाडौका साथै अमेरिकामा समेत छायांकन गरिएको छ। सिनेमा ४ करोड बढी लगानीमा निर्माण भएको निर्माता नकिम उद्धिनले बताए। निर्देशक पेमासँगै नकिम उद्धिनको निर्माणमा बनेको सिनेमामा जोसे मानुइल र अभिनेत्री आना शमार्, चर्चित भारतिय कलाकार गुल्सन ग्रोवर, पाकिस्तानी कलाकार हमिद शेखसँगै नेपाली कलाकार नीर शाह, कर्मा शाक्य, मिथिला शर्मा, शिशिर बाङ्देल, सुनिता ठाकुर, परमिता आरएल राना अभिनयमा छन्।
द म्यान फ्रम काठमाडौंलाई कार्लोस मेडिनाले खिचेका हुन्। नेपालसँगै हलिउड, बलिउड र पाकिस्तानी कलाकारको समिश्रण रहेको सिनेमालाई पेमा धोन्डुपले निर्देशन गरेका छन्। योसँगै द म्यान फ्रम काठमाडौंको नयाँ एक्सन ट्रेलर पनि सार्वजनिक गरिएको थियो । सिनेमाको यसअघि सार्वजनिक ट्रेलरले दर्शक तथा सिनेमाकर्मीबाट राम्रो प्रतिक्रिया पाएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button