CINEMANEWS

हिजो आजका कुरा अब सिनेमामा

सिनेमा संसार संवाददाता
काठमाडौं
ख्यातिप्राप्त हास्यव्यग्य अभिनेता सन्तोष पन्तको लोकप्रिय हास्य टेलिभिजन कार्यक्रम हिजो आजका कुराका फ्यानहरुलाई खुशीको खबर छ। वर्षौंसम्म नेपाल टेलिभिजनमा शुरुमा आज भोलीका कुरा र पछि हिजो आजका कुराका नाममा सिरीयल हेरेका दर्शकले अब यही नाममा सिनेमा हेर्न पाउने भएका छन्।
पन्तको घरेलु सिनेमा निर्माण संस्था पन्त फिल्म प्रोडक्सनले अब हिजो आजका कुराका नाममा सिनेमा निर्माण गर्ने भएको छ। शुक्रवार राजधानीमा आयोजित एक समारोहबीच पन्तले सो सिनेमा निर्माणको घोषणा गरे। कमेडी ड्रामा जनरामा बन्ने सिनेमा आगामी छठपछि सुटिङ फ्लोरमा जानेछ। कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका ४ परिवारको पारिवारिक समस्या, संघर्ष, आतुरताजस्ता विषयमा केन्द्रित हुँदै हरेक विदेशी सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने कुरालाई समावेश गरी हिजो आजका कुरा निर्माण गरिने पन्तले बताए।
सिनेमा सन्तोषका पुत्र साकार पन्तले निर्देशन गर्नेछन् भने यसको मूख्य भुमिकामासन्तोष पन्त, रमा थपलिया, नितेशराज पन्त, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, जेविका कार्की, हास्य कलाकारहरु रमेश अधिकारी, सविन शाक्य, नवकलाकार विनायक कुइकेल, अनुष्का अधिकारीलगायतले अभिनय गर्नेछन्। सिनेमाको सह निर्मातामा बैकुण्ठप्रसाद घिमीरे (अशोक) रहेका छन् भने छायाङ्कनको जिम्मा रवि सायमीमा छ।सन्तोष पन्त र उनका छोरा साकार पन्तको कथावस्तुलाई सन्दीप किस्नाले लेखेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button