CINEMA

छाडा मिष्टर भर्जिनलाई सर्वाधिक शो!

सिनेमा संसार संवाददाता
काठमाडौं
छाडा र द्वैअर्थी संवाद तथा दृश्यलाई खुलम खुला देखाइएको सिनेमा मिष्टर भर्जिन गाली गलौजका बाबजुद शुक्रवारबाट रिलीजमा आउने भएको छ।
बिहीबार राजधानीमा आयोजित मिस्टर भर्जिनको पत्रकार सम्मेलनमा बिशारद बस्नेतले शुक्रबार रिलीजमा आउन लागेको आप्mनो सिनेमाले सबैभन्दा बढी शो पाएको दाबी गरे।
‘यो साता ४ नेपाली, दुई बलिउड र एक हलिउड गरी ७ सिनेमा रिलीज हुँदैछ। त्यसमध्ये हाम्रो सिनेमाले सर्वाधिक सो पाएको छ। यस कारण पनि हाम्रो टिमलाई हौसला मिलेको छ’ बिशारको भनाई थियो ‘मिष्टर भर्जिनले तिन वयस्क युवकको कथा बोल्छ। यौन मनोविज्ञानमा आधारित यो सिनेमाका तीन पात्र हाम्रा समाजको पात्र हो। समाजका कथासँगै हाम्रो युवा अवस्थाको कुरा, हामीभन्दा ठुला र हामीभन्दा सानाका कुराहरूलाई समेटिएको छ। जुन कुरालाई हाम्रो जीवनमा पनि रिलेट गर्छ। मानिसले बिताएको हरेक पलहरू, जब उसको उमेर पुग्छ र उमेरको हिसाबले हरेक कुरामा परिवर्तनमा आउँछ। उसले यौनको बिषयालई कसरी सोच्छ? आफ्नो यौन चाहनालाई परिपूर्ति गर्नेलाई ती समाजका तीन पात्रले कस्तो प्रकारको अवरोधहरूको सामना गर्नु पर्छ? सिनेमाले यही कुरालाई बोल्छ।’
नायिका मरिष्का पोखरेलले पत्रकारले आफुलाई सिनेमाको नामले फरक नपरेको र डेब्यु सिनेमा रिलीज हुन लागेको अनुभ भएको दाबी गरिन्। वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको सिनेमा मा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिष्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बालगायतका कलाकारले अभिनय गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button