CINEMAEVENT

सुशील र शुभेक्षाको प्रेम सार्वजनिक

सिनेमा संसार संवाददाता
काठमाडौं
सिनेमा रणवीरको तेस्रो गीत मायामाको भिडियो आईतबार रिलिज गरिएको छ। आगामी शुक्रबार अल नेपाल रिलीज हुने सिनेमाको यसअघि रिलिज गरिएको नृत्यप्रधान गीत तिरिमिरी तिरिमिरी तीन तारा, वियोगप्रधान गीत मान्न चाहन्नले राम्रो चर्चा पाईसकेको छ। दुई गीतको चर्चापछि तेस्रो गीत माया माको भिडियो रिलिज गरिएको हो।
पोखरा र धम्पुसमा छायाँकन गरिएको गीतको भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज गरिएको हो। भिडियोमा अभिनेता सुशिल सिटौला र अभिनेत्री शुभेच्क्षा खड्काको प्रेमभाव समेटिएको छ। यो गीतको दृष्यले रणवीरका मुख्य पात्र रणवीर र उनकी प्रेमिका प्रियावीचको प्रेमसम्बन्ध बुझाउने यसका निर्देशक गोविन्द सिंह भण्डारीले जानकारी गराए।
गीतको दृष्यमा पोखराका सुन्दर स्थानलाई कैद गरिएको छ। हालसालैबाट पोखरामा उडाउन थालिएको हट बेलुनमा पनि यो गीत छायाँकन गरिएको छ। मायामा गीतलाई हर्कुलस बस्नेत र प्रविशा अधिकारीले गाएका छन्। गीतको शब्द र संगीत पनि हर्कुलसकै हो। भिडियोको कोरियोग्राफी गम्भिर बिष्टले गरेका छन्।
सिनेमामा महेश पौडेलको छायाँकन, गम्भिर बिष्ट, सुरेन्द्र बसेल र रामजी लामिछानेको नृत्य निर्देशन, राजनराज शिवाकोटी, हर्कुलस बस्नेतको संगीत र कृष्ण भण्डारीको सम्पादन छ। यस अघि गाजा बाजा निर्माण गरिसकेका गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले रणवीर सँयुक्तरुपमा निर्माण गरेका हुन्।
द्धन्द्धप्रधान प्रेमकथामा आधारित यो सिनेमामा सुशिल र शुभेच्क्षासँगै प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, भोलाराज सापकोटा, टिका पहारी, हरिहर शर्मा, नरेश पौडेल, सैलेश्वरी सिंह, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्टलगायतले अभिनय गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button