NEWS

पूजाले फेरिन नया गाडी

किनिन् इभी कार

सिनेमा संसार
काठमाडौं
गाडी फेरिरहने अभिनेत्रीमा पर्ने कलाकारमध्ये एक पूजा शमाले सोमबार नया गाडी गरिद गरेकी छन्।

उनले ७५ लाख रुपैयाँ पर्ने एलएस अटो ब्राण्डको नयाँ विद्युतीय गाडी खरिद गरेकी हुन्।  गाडी किन्न शोरुम पुगेकी पुजाले यो गाडी किन्ने नेपालकै पहिलो ग्राहक आफू बताइन्। पूजाका अनुसार सुरक्षित र आरामदायी भएकाले उनले यो ईभी गाडी रोजेकी हुन्। उनले यसअघि हुन्डाई र फोर्ड ब्राण्डका कार चलाइसकेकी थिइन्। २१ वर्षदेखि नै गाडी चलाउन थालेकी उनले नयाँ सवारी खरिद गर्दा आफूलाई गाडी चलाउने अनुभव अझ आत्मविश्वासिलो बनेको बताइन्।पूजाले केही मिडिया अन्तर्वार्तामा आफ्नो व्यक्तिगत जीवनबारे पनि कुराकानी गरिन्। आफूले फिल्म नपाएको भन्ने हल्लालाई उनले अस्वीकार गर्दै भनिन् रावायणको बेलामै ६ महिनाको ब्रेक लिने निर्णय गरिसकेकी थिएँ। त्यसबेला फिल्मतिर ध्यान थिएन, विश्राम आवश्यक थियो।अहिले आफ्नो साढे सातको दशा चलिरहेको र बैशाखपछि मात्रै नयाँ काम अघि बढाउने योजनामा रहेको उनले बताइन्।

Related Articles

Check Also
Close
Back to top button