MUSIC

श्री र बेनिशाको रोमान्स

सिनेमा संसार संवाददाता
काठमाडौं
गायक लक्ष्मण श्रीको स्वरले सजिएको गीत मनको घाउ निको पार्ने मलम हौ तिमीको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
यो गीत लक्ष्मण श्रीको नयाँ एल्बम रचनामा समावेश गीतमा मिलन बस्नेतको शब्द र बीबी अनुरागीको संगीत । गीतकार मिलन नेपाल प्रहरीका पूर्व उपरिक्षक हुन्। गीतको भिडियोलाई पनि आकर्षक बनाउन गायक श्रीले कुनै कसुर बाँकी राखेका छैनन्। भिडियोमा लक्ष्मण श्री र नायिका बेनिशा हमालकले रोमान्स गरेका छन्।
भिडियोमा अर्जुन तिवारीको छायांकन, विकाश दाहालको सम्पादन छ भने निशान घिमिरेले निर्देशन गरेका छन्। श्रीले सिनेमा निर्माण गर्ने समेत तयारी गरेको बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button