MUSIC

डान्स प्लस टुको फाइलिष्ट म्युजिक भिडियोमा

सिनेमा संसार संवाददाता
काठमाडौं
भारतमा समेत ख्याति कमाएको नेपाली नृत्य कलाकारहरुको समुह द वाइल्ड रिपर्स क्रूलाई फिचर गर्दै गायक सन्तोष कालिकोटेले नया“ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
गायक कालीकोटेको स्वरको नया“ गीत जालैमा जालैमाको म्युजिक भिडियो बुधवार सा“झ सार्वजनिक भएको हो। गीतमा डम्बर हिङमाङको शब्द तथा संगीत छ भने गोपाल रसाइलीले संगीत संयोजन गरेका छन्।
द वाइल्ड रिपर्स क्रू केही वर्षअघि स्टार प्लसद्वारा प्रसारित नृत्यमा आधारित रियालिटी शो डान्स प्लस टुको फाइलिष्ट रहिसकेको समुह हो। समुहले नेपाल तथा भारतका थुप्रै स्टेज कार्यक्रममा उत्कृष्ट नृत्य प्रस्तुत गरिरहेको छ। जालैमा गीतमा वाइल्ड रिपर्स ग्रुपसंगै म्युजिक भिडियोमा मोडल रिता कट्टेललाई पनि फिचर गरिएको छ।
अर्जुन अधिकारीद्वारा निर्देशित म्युजिक भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छनज्। भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button