MUSIC

गीतमा पनि सुनभन्दा कम छैन हराएमा डर छैन!

सिनेमा संसार संवाददाता
काठमाडौं
नेपाली नारीहरुको महान् चाड तीज नजिकिदै जाँदा तीजसम्बन्धि गीतहरु सार्वजनिक भइरहका छन्। यसै मेसोमा आरके उदासी र बिनी आचार्यको स्वरमा रहेको तीज गीत सुन भन्दा कम छैन, हराए डर छैन सार्वजनिक भएको छ। विशाल रायमाझिको शब्द÷सङ्गीत, लक्षुप्रसाद मल्लको एरेञ्ज, श्याम स्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
आशिक राईको निर्देशन रहेको यो गीतको भिडियोमा अनु शाह र आरके उदासीको नृत्य अभिनय रहेको छ। रामकृष्ण चौलागाईंको छायाँकन रहेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ।
धेरै गीत मार्फत स्रोता दर्शको माया पाएका गायक आरकेको यो पहिलो तीज गीत हो । ‘मेरा अन्य गीतलाई जस्तै यसलाई पनि मन पराइदिनु हुने छ भन्ने आशा लिएको छु’, आरकेले भने।

Related Articles

Check Also
Close
Back to top button