MUSICNEWS

प्रकाशको सकम्बरीले पायो सात दिनमै करोडमाथि भ्युज

गायक प्रकाश सपुतको पछिल्लो गीत सात दिनमै सबै भन्दा बढि एक करोड माथि हेरिएको नेपाली गीत बनेको छ। रिलिजको पहिलो दीन नै ट्रेन्डिङ नम्बर एकमा आएको यो गीतको भ्युज यो समाचार तयार पार्ने समयसम्म एक करोड ९२ हजार पटक हेरिएको छ। यो संगै सकम्बरीले छोटो समयमै सबै भन्दा धेरै पटक हेरिएको नेपाली गीतको रेकर्ड कायम गरेको छ।

सपुतले केहि समय अघि सार्वजनिक गरेको आफ्नै गीत पीरको रेकर्ड तोड्दै नया“ रेकर्ड कायम गरेका हुन्।उक्त गीत रीलीजको आठ दीनमा करोड भ्युज पाएको थियो भने यस अघि विष्णु माझीको गीत चरी जेलैमा सबै भन्दा छिटो करोड क्लबमा पुग्ने गीतको रेर्कड राखेको थियो जस्को भ्युज १२ दिनमा करोड पुगेको थियो। चर्चा र विवाद दुवै झेलिरहेको यस गीत टीकटकमा पनि भाइरल भइरहेको छ।यहि गीतमार्फत मोडलिङमा प्रवेश गरेकी कुुसुम शर्मा पनि यहि गीतका कारण चर्चामा छिन्।

नर्सिङ सकेर विदेश जाने सोच बनाएकी कुसुम गीतको सफलतापछि फिल्म खेल्ने मुडमा छिन्।गीतमा उनका साथ अभिनेता सुनिल थापाकोपनि अभिनय रहेको छ।गीतमा गाउ“बाट कलाकार बन्ने सोचमा काठमाडौं छिरेकी फूलमाया कसरी आफूले दाई मानेकी व्यक्तिबाट शोषणमा पर्छिन र कला क्षेत्रमा सफलता पाउनका लागि गलत बाटो पहिल्याउन बाध्य सकम्बरी हुन्छिन भन्ने कथा प्रश्तुत गरिएको छ।प्रकाशकै शब्द संगीत र लया रहेको गीतमा उनको साथ वर्ता गन्र्धवको पनि स्वर रहेको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button