CINEMANEWS

रोजीको विवाद चुलियो

सिनेमा संसार संवाददाता
काठमाडौं
नायक प्रदीप खड्कालाई भिन्न लुक्स दिई भव्य तरिकाले मुहुर्त गरिएको सिनेमा रोजी बन्ने नबने अलमलमा परेको छ। रोजीको निर्माण संस्था र रोजीको परिवार अनि ज्याँपू समुदायबीच बुधबार राजधानीमा भएको वार्ता निश्कर्षमा पुग्न नसकेपछि यो सिनेमा बन्ने नबने अनिश्चित भएकोहो।
चलचित्र विकास बोर्डमा भएको त्रिपक्षिय वार्तामा रोजी परिवारले सिनेमाको शीर्षक नै परिवर्तन गर्नुपर्ने अडान राखेपछि एक महिनाका लागि वार्तासमेत स्थगित भएको छ। सिनेमा रोजी करिव ७ बर्ष अगाडी भएको रोजी महर्जन हत्याकाण्डमा आधारित कथावस्तु भएको जिकिर गर्दै रोजी परिवारले सिनेमाको महुर्त भएदेखि नै आपत्ती जनाउंदै आएका छन्।
यसबीचमा चलचित्र विकास बोर्डमा रोजी परिवारले सिनेमाका निर्माण नै रोकिदिन आग्रह गरेपछि करिव एक साताअघि नै सिनेमाका छायाँकन रोकिएको छ। वार्तामा रोजीका बुवाआमा तथा ज्यापू समुदायका प्रतिनिधिले सिनेमाको शिर्षकप्रति पटक पटक आपत्ति प्रकट गरेपछि निर्माता तथा निर्देशक निरक पौडेलले सिनेमाको छायाँकन सूचारु गर्न दिन आग्रह गरेका थिए। छायाँकन रोकिँदा लाखौंको नोक्सानी भएको समेत निर्देशक पौडेलले जानकारी गराएका थिए। छलफलकै क्रममा रोजीको परिवारले छायाँकन सूचारु गर्न दिने तर नाम परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्। रोजी निर्माण संस्थाले रोजीको परिवार र ज्यापू समुदायका प्रतिनिधिलाई सिनेमाको कथा नै सुनाएको थियो। तत्पश्चात् एकमहिना पछि सम्पादनमै सिनेमा हेर्ने हेराउंने कुरामा आएर वार्ता सकिएको हो।
गोपीकृष्ण मुभिज प्रा.लि. ब्यानरमा निर्माण भईरहेको रोजीमा प्रदीप खड्का, पारमिता राज्य लक्ष्मी राणा, मिरुना मगर, कर्मा, बरुणलगायतका कलाकारले अभिनय गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button