BOLLYWOODHOLLYWOODNEWS

तब्बु अब हलिउडमा

सिनेमा संसार संवाददाता
काठमाडौ.
बलिउड अभिनेत्री तब्बु अब हलिउडमा पनि प्रवेश गर्ने भएकी छन्। भेराइटी म्यागजिनमा प्रस्तुत समाचार अनुसार उनी हलिउडको चर्चित सिरिज ड्युन ः प्रोफेसीमा अनुबन्धित भएकी छन्। तब्बु सो सिरिजमा सिस्टर फ्रान्सेस्कोको भूमिकामा देखिने छिन्। एक विज्ञान कथाको श्रृंखला ड्युन ः प्रोफेसी ब्रायन हर्बर्ट र केविन जेले लेखेका हुन्। एन्डरसनले लेखेको कथा सिस्टरहुड अफ ड्युनबाट प्रभावित ड्युन ः प्रोफेसी श्रृंखला सन् २०१९बाट सुरु भएको थियो। पहिला ड्युन ः द सिस्टरहुड नाममा प्रसारित सिरिजले मानवजातिको भविष्यलाई खतरामा पार्ने शक्तिसँग लड्ने र बेने गेसेरिट भनेर चिनिने समुदाय स्थापना गर्ने दुई हर्कोनेन बहिनीको कथा भन्छ । फिल्ममा एमिली वाटसन, ओलिभिया विलियम्स, ट्राभिस फिमेल, जोहडी मे, मार्क स्ट्रङ, साराह-सोफी बोस्निना, जोश ह्युस्टन, क्लो ली, जेड अनौका लगमायतको पनि अभिनय रहने बताईएको छ ।

Related Articles

Back to top button