MUSICNEWS

छायाँछवि तीज म्युजिक अवार्डको १२औँ संस्करणका लागि तयारी सुरु

सिनेमा संसार
काठमाडौं

छायाँछवि क्रियसनले १२ वर्षदेखि आयोजना गर्दै आएको साँस्कृतिक पर्व तीजमा आधारित छायाँछवि तीज म्युजिक अवार्ड यस वर्ष पनि आयोजना गर्ने भएको छ।

आयोजक संस्थाले १२औँ संस्करणका लागि तीज गीत दर्ता गर्न सबै स्रष्टाहरूलाई आह्वान गरेको छ। तीज गीतका संगीतकर्मी र गायक–गायिकालाई सम्मान तथा प्रोत्साहन गर्नका लागि यो अवार्ड कार्यक्रम निरन्तर रूपमा आयोजना हुँदै आएको कार्यक्रमका अध्यक्ष शान्तिप्रियले जानकारी दिएका छन्।

उनका अनुसार, यस पटकको अवार्डमा तीज गीत–संगीतका विभिन्न २५ विधामा स्रष्टाहरूलाई पुरस्कृत गरिनेछ। साथै कार्यक्रममा विभिन्न सम्मान तथा विशेष पुरस्कारहरू पनि प्रदान गरिने आयोजकले जनाएको छ।

आवश्यक प्रक्रिया पूरा गरी साउन महिनाभर तीज गीत दर्ता गर्न सकिनेछ।

Related Articles

Check Also
Close
Back to top button