CINEMANEWS

तेल भिषाको सुटिङ अमेरिकाबाट

सिनेमा संसार संवादाता
काठमाडौं
निर्माता निर्देशक शंकर घिमिरेको सिनेमा तेल भिषाको छायांकन अमेरिकाबाट शुरू हुने भएको छ । लामो समयपछि निर्माण र निर्देशन गर्न लागेको सिनेमाको अधिकांश भाग अमेरिका र केही भागको छायांकन नेपालमा गरिने फिल्मको सुटिङका लागि यसका मुख्य अभिनेता विपिन कार्की हालै अमेरिका पुगेका छन्। सुटिङको अवसर पारेर पहिलोपटक अमेरिका पुगेका अभिनेता कार्कीलाई मेरिल्यान्डमा अभिनेत्री तथा निर्देशक शंकर घिमिरेकी पत्नी ऋचा घिमिरेले स्वागत गरेकी छन्। सिनेमामा विपिन दोहोरो भूमिकामा देखिने छन्।सिनेमाका दुई पात्रका लागि निर्माण युनिटले विपिनलाई उनले हालसम्म लिएको भन्दा धेरै बढी पारिश्रमिक प्रदान गरेका छन्। सिनेमामा विपिनका साथमा ऋचा शीर्ष भूमिकामा देखिनेछिन्। सिनेमा सुटिङका लागि विपिन र ऋचाका साथमा गौरी मल्ल, वर्षा राउतलगायत कलाकार पनि अमेरिका जाने तयारीमा छन् भने छायांकार सुसन प्रजापति केही दिनअघि नै पुगिसकेका छन्। अमेरिकाका विभिन्न राज्यमा बस्दै आएका कलाकार पनि तेल भिषाबाट पुनः पर्दामा देखिनेछन्।निर्देशक घिमिरेका अनुसार केही दिन वर्कसप गरेपछि आगामी वैशाख २५ गतेबाट सिनेमा छायांकन आरम्भ हुनेछ। उनका अनुसार अमेरिकाको सुटिङ सेड्युल एक महिनाको रहेको छ। ७० प्रतिशत छायांकन अमेरिकामा गरेपछि बाँकी सुटिङ नेपाल आएर चितवनमा गरिने निर्देशक घिमिरेले बताए।

Related Articles

Check Also
Close
Back to top button