CINEMANEWS

रोजमा यस्ता छन् प्रदीप

सिनेमा संसार संवाददाता
काठमाडौं
रिलीज डेठ नजिकिँदै गर्दा रोज सिेनमो टीम प्रोमोशनमा जुटेको छ। तीजको विदालाई लक्षित गरी आगामी भदौ २२ देखि अल नेपाल रिलीज हुन लागेको सिनेमाले बुधवार राजधानीमा एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्यो।
रोजका नायक प्रदीपले खड्काले सिनेमामा आफु एक हत्यारा प्रेमीको भुमिकामा रहेको र परिस्थितीले कसरी एउटा सोझो केटालाई प्रेमिकाको हत्या गर्न बाध्य बनायो भन्ने कथा रहेको बताए। उनले सिनेमामा आफ्नो नाम अभिजंग थापा रहेको खुलाउँदै यसमा हेर्ने कुरा भनेकै प्रेमीकालाई किन मार्यो र कसरी मार्यो भन्ने रहेको बताए। ‘यो सिनेमा ननलिनियर र मल्टिपल न्यारेशनले भरीएको छ। मैले अहिलेसम्म मेरो अडियन्सलाई दिईरहेको सिनेमाचाहिँ यस्तो खालको होईन। तर कहिलेकाहीँ रिस्की सिनेमा पनि गर्नुपर्छ। जस्ले गर्दा डाईरेक्टर प्रोड्युसर मिडिया तथा दर्शकलाई पनि यसले साँच्चै एक्टिङ गर्न सक्दो रहेछ भन्ने कन्फिडेन्स होस्’ उनले भने। आफुले गर्न खोजेको जस्तो सिनेमा भएकोले रोजमा काम गरेको प्रदीपले बताए। ‘मलाई सिनेमाको ओपनीङ, ईन्टरभल र क्लाईमेक्स मन परेर काम गरेको हुँ। यसमा हेयर स्टाईलको लुक्स मेन्टन गर्न पनि गाह«ो थियो। अर्को कपाल जोडेर हाल्दाखेरी त्यसलाई सम्हाल्न गाह«ो भएको थियो भने कपालको जरा दुखेर सुत्न पनि सकिरहेको थिईन। त्यसमाथि कपालको जरामा बल पर्दा झर्न पनि सक्छ भन्ने सुनेर अर्को टेन्सन भएको थियो।’
प्रदीपले यहि क्रममा आफ्नो कलेज जीवनको प्रमुुख प्रसंग पनि सयएर गरे। ‘११÷१२ पढ्ने बेला एकजना गर्लफ्रेन्ड थिईन्। भ्यालेन्टाईनडेको दिन गिफ्ट किनेर दिन कलेज छुटेपछि बाहिर निस्किँदा उनी अर्कै केटाको बाईकमा गईरहेको देखँ।े त्यो बेला मसँग बाईक थिएन। आवश्यक पनि थिएन। यो घटनाले यदि मसँग बाईक थियो भने उनी अर्को केटासँग जाँदैन थिईन कि भन्ने लाग्यो र आफुलाई ईन्फेरीएर फिल गरेँ र घरमा झगडा गरेर बाईक किन्न लगाएँ’, उनले भने।
हत्यामा मारिएकी रोजी मर्हजनको परीवारको दबावले सिेनमाको नाम परीवर्तन गरे पनि फिल्मसँग प्रेमिकाकाको हत्याबाहेक कुनै कुरा मेल नखाने प्रदीपले स्पष्ट पारे। नायिका तथा मोडल मिरुना मगरले रोजमा वकिलको भूमिकामा रहेर प्रदीपको पक्षमा वकालत गरेको खुलाईन्। ‘मैले कहिल्यै पनि सोचेको थिईनँ कि म एउटा लयरको रुपमा खेल्छु भनेर। तर नसोचेको अभिनय गर्दा छुट्टै किसिमको रमाईलो महसुस भयो। युके बस्दा म नेपाली न्युजपेपरहरु खाजेर पढिरहँथँ।, त्यहाँ घरबाट बाहिर निस्किनासाथ ईग्लिस बोल्नु पर्ने कारण राम्रोसँग नेपाली बोल्न पाईरहेको थिईन र कम्प्लेक्स नेपाली वर्डहरु बोल्न नपाएको महसुस हुने गथ्र्यो। तर सिनेमामा मेरो भूमिका नै लयरको भएकोले त्यहाँ मैले गाह«ो खालका धेरै शब्दहरु बोलेको छ।ु जसले गर्दा उता हँुदा बोल्न मन लागको कुरा पुरा भएको छ,’ उनले भनिन्।
फिल्मकी अर्की नायिका परमीता राज्यलक्ष्मी राणाले प्रदीप खड्का, मीरुना मगरजस्ता राम्रा कलाकार भएको टिमसँग काम गर्दा आफुले राम्रो महसुस गरेको बताईन्। ‘यो सिनेमामा मेरो भूमिका र मेरो वास्तविक जीवनका धेरै कुरा मेल खान्छन्। किनकी रोज क्यारेक्टर पनि फेशन, ग्ल्यामर वल्र्डमा विताएको हुन्छ। म पनि ७ वर्ष ईन्टरनेशनल मोडल भएर काम गरेको हुँदा कतिपय ठाउँमा आफुलाई नै भेटँे,’ उनले भनिन्।
निरक पौडेल निर्देशित रोजको टिम मंगलवार सिनेमाको प्रमोशनको लागि पोखरा गएको छ भने त्यसपछि चितवन ईटहरी, धरान, दमक विर्तामोड लगायतका स्थानमा जानेछ।

Related Articles

Check Also
Close
Back to top button