सिनेमा संसार
काठमाडौं
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको सिनेमा रंगीको टिजर सार्वजनिक भएको छ।
अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमाको सोमबार सार्वजनिक एक मिनेट ३५ सेकेण्डको टिजरमा छोरी आयुषी र बाबु सलोनको प्रेम, छोरीका लागि सलोनको संघर्ष देखाइएको छ। टिजर खुशी, रोदन र पीडा मिश्रित छ। टिजरमा सिनेमाकी अर्की प्रमुख कलाकार नम्रता श्रेष्ठको सलोनसँगको निकटता देखाइएको छ।
सुरेश न्यौपानेको डेब्यू निर्देशन रहेको सिनेमामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारीलगायतको अभिनय छ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको सिनेमामा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ। सिनेमा आगामी फागुन २ गते रिलीज हुनेछ।