NEWSSTAGE

बालबालिकासँगै आमा पनि मञ्चमा

सिनेमा संसार संवाददाता
इटहरी
बालबालिकामा अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउने भन्दै धरानमा चाईल्ड आईकन हुने भएको छ। यो स्पर्धाका लागि अडिसन दिन धरानका २५ बढी स्कुलबाट झन्डै ३ सयको हाराहारीमा बालबालिका सहभागी भएका थिए। जसमध्ये ६५ बालबालिका अन्तिम स्पर्धाका लागि छानिएका छन्।
चाईल्ड आईकन आगामी असार ९ गते धरानमा हुँदैछ। प्रतियोगीहरुलाई २०१७ कि मिस पूर्वााञ्चल रुबि लिम्बू र मिस टुरिजम नेपालकी सेकेण्ड रनर्सअप सोयाश्री ब्रजाचार्यले र्याम्प, व्यक्तित्व विकास, कोरियोग्राफी, सामाजिक सचेतना, बालमनोविज्ञानका विषयमा प्रशिक्षण दिइरहेका छन्। प्रतियोगिताका सहभागी सबैल सामाजिक उत्तरदायित्व बहनका लागि धरानका असहाय बालबालिका तथा पुर्नस्थापना गृह धरानमा सहयोग गर्ने भएका छन्। प्रशिक्षपश्चात सहभागी बालबालिकाका आमाहरु पनि अन्तिम स्पर्धामा र्याम्पमा देखिनेछन्। मडियाल्यान्ड काठमाडौले आयोजना गर्न लागेको प्रतियोगिताका बिजेताले विभिन्न पुरस्कार पाउनुका साथै विभिन्न अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागीताका अवसर पाउने दाबी आयोजकको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button