EVENTNEWS

हास्य कलाकारका गाईजात्रे प्रस्तुतिमा गम्भिर विषय

सिनेमा संसार संवाददाता
काठमाडौं
लोकप्रिय हास्यव्यग्य कलाकार मनोज गजुरेलले सरकारका मन्त्रीहरु सत्ता, शक्ति र सम्पत्तिको मरिमेट्ने गरेको आरोप लगाएका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित गाईजात्रा २०७५ मा कलाकार गजुरेलले मन्त्री र नेताले शत्ति, सत्ता र सम्पत्तिको पछि लागेको आरोप लगाउँदै जनताले दुःख पाएको बताए।
‘नयाँ नियम र आचार संहिताले के कति बाँध्छ, त्यो फरक कुरा हो, मैले भनेको कुरा व्यङग्य पनि हो, सत्य पनि हो’ गजुरेल करमाथि कर थोपारेको प्रसंग जोड्दै भन्दै थिए ‘हाम्रा मन्त्रीलाई पाँच पाँच जोड्दा कति हुन्छ? भनेर सोध्ने हो भने ११ हुन्छ भन्नु हुन्छ, ११ कसरी भयो भनेर सोध्ने हो भने करको लागि छुट्टयाएको भन्नुहुन्छ।’ गजुरेलले कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराज ज्ञानेन्द्र शाह, भारतिय प्रधानमन्त्री नरेन्द्रदास मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतको क्यारिकेचर गर्दै राजधानीको जामका विषयमा व्यग्य प्रस्तुत गरेका थिए। प्रस्तुतिको क्रममा गजुरेलले रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाकै सामू उनी जहिले पनि क्यामराको अघि आइरहने विषयमा व्यग्य गरे। उनले भने, ‘यो संसारमा अहिलेसम्म वैज्ञानिकहरुले धेरै कुराको अविष्कार गरे। तर ऋषि धमला खिच्न नमिल्ने क्यामरा आविष्कार गर्न सकेनन्।’
दीपकराज गिरीले ५ वर्षको लागि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले हाँस्यव्यग्य कलाकारको जागिर खोसिदिएको आरोप लगाए। ‘गाईजात्रा व्यग्यको पर्व हो, तर बलात्कारजस्तो दुःखद र अत्यचारको विषयलाई पनि कलाकारहरुले प्रहशन गर्नुपर्ने स्थिति छ। अर्को तर्फ ५ वर्षको लागि बनेको सकारका प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई खुब हसाई राख्नु भएको छ। केही समयका लागि हामी मौन बस्नुपर्ने अवस्था छ। उहाँले जनताको काम गर्ने भन्दाप नि हसाँउने काम गरिरहनु भएको छ’ गिरीले भने ‘कलाकारहरुले गाईजात्रा देखाउने एउटा गतिलो हलसम्म छैन, यो भन्दा ठूलो गाईजात्रा के हुन सक्छ? यसपालि केही कलाकारहरुलमात्रै गाईजात्रा देखाउनेमा हुनुहुन्छ। हामीले प्रज्ञा भवनमा गर्ने गरेको हल पूनःनिमार्णको काम भईरहेको कारण यसपालि ज्ञाईजात्रा देखाउन पाएनाँ। गाईजात्रासँग भावना र संस्कृति जोडिएको छ, यसलाई बचाईराख्नु हाम्रो कर्तव्य हो।’
कार्यक्रममा जितु नेपाल (मुन्द्रे) ले वर्तमान सरकारले व्यग्य पचाउन नसक्ने बताएका छन्। ‘वर्तमान सरकार कलकारको कुरा सुन्न र व्यङग्यलाई बुझ्न सक्ने स्थितिमा छैन। अहिले त कसैले सरकारको गल्तिका बारेमा व्यग्य गरे भने उल्टै जेल पठाउने कानून बनाउँदैछन्, बोल्न पनि डर मर्दो छ। कुनै मन्त्रीको व्यग्य गर्ने हो भने जेल हालिदिने खतरा छ। कुनैबेला मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको व्यग्य गर्दा हरिबंशले लुगा फेर्दै गरेको ठाउँमा पुगेर तिमीलाई त व्यग्य गर्न आउँदैन रहेछ भनेर भन्नु भएछ’ जितुले सम्झे ‘हरिबंशले डराउँदै किन के भयो? केही गल्ति गरेकी भनेर सोध्दा भट्टराईले भन्नु भएछ यो त कम भयो, यो भन्दा बढि म आफँैले गर्न सक्थेँ। पुगेन, सरकारका गल्ति कम्जोरीको बारेमा खरो रुपमा प्रस्तुत हुनुपर्छ। खै मलाई त उडान सक्नु भएन, भन्नु भएको थियो तर आज मन्त्री, प्रधानमन्त्रीलाई कलाकारका कुरा सुन्न र व्यग्यको भाव बुझेर जनताको काम गर्न फुर्सद छैन।’ उनले थपे, ‘तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले कलाकारहरुले प्रस्तुत गरेको हास्यव्यग्य हेरेर सरकारलाई सच्चिने मौका मिलेको भन्दै धन्यवाद दिनुहुन्थ्यो रे। अचेल त त्यो अवस्था छैन। मेरै जिल्ला सिन्धुपाल्चोकका मन्त्रीले बोल्नु पुर्व ध्यान नदिँदा पद समेत गुमाउनु प¥यो। म पनि त्यहि जिल्लाको परँे। अचेल बोल्दा ध्यान दिने भएको छु।’
दमन रुपाखेतीले वर्तमान सरकार मुलुकको अवस्थाप्रति संवेदनशिल नभएको आरोप लगाए। उनले भने, ‘वर्तमान सरकार जनताका जनजिविकाकाप्रति संवेदनशील छैन। हत्याहिँसा बलात्कारका घटनाप्रति संवेदनहिन भएर पानीजहाज र रेलको सपना देखाएर जनताको समस्यामाथि व्यग्य गरिहरको छ। गणतन्त्रमा जनता करको मारमा छन्, करले जनतालाई थिचिरहेको छ।’
१ महिनाअघि प्रदेश नम्बर ७ को कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको स्मरण गदै अर्का हास्य कलाकार केदार घिमिरे (माग्नेबुढा) ले प्यारोडि गीत गाएर सुनाए। घिमिरेले प्रस्तुतिका क्रममा धमलालाई आफ्नो पछाडि नै उभ्याएर व्यग्य गरे। उनले धमलाको नाम जोडेर गितसमेत गाएका थिए। श्रीकृष्ण सिमखडाले करको दर बढेको विषयलाई व्यग्य गर्दै सरकारले जनतालाई राहतको रुपमा कर लादेको बताए। उनले भने, ‘सरकारले करको दर बढाएको छ, जनताको घर ठूलै बन्ने भए! सरकारी राहत पाएपछि घरको चुल्होमा भात पाक्ने नै भयो, कर तिरेपछि भात पाक्नेमा डर छैन।’

कार्यक्रममा शिव शंकर रिजालले सम्पन्न विश्वकलाई स्मरण गर्दै पत्रकार ऋषि धमला सबैभन्दा धेरै खट्ने पत्रकार भएको दाबि गरे।
पल्पसा डंगोलले टेलिभिजन कार्यक्रम धमलाको हमलामा केही समय धमलासँगै काम गरेकी डंगोलले सन्दर्भ जोडेकी थिइन्। पहिला मुलाको सागको श्रीमती भन्ने गरे पनि पछिल्लो समय धमलाको श्रीमती भन्ने गरेको उनले बताईन्। राजाराम पौडेलले धमलाको लामो नाकप्रति व्यग्य गरे। उनले धमला पत्नी नायिका एलिजा गौतमसँग भेट हुँदा धमलाले किस खाँदा नाकले घोच्यो कि घोचेन भनेर प्रश्न गरेकोसमेत बताए।

Related Articles

Back to top button