EVENTNEWS

फेस अफ नेपाल २०२४ को आवेदन खुला

सिनेमा संसार संवाददाता
काठमाडौ.
सौन्दर्य प्रतियोगिता फेस अफ नेपाल २०२४यस वर्ष पनि आयोजना हुने भएको छ । सन् २०१६ देखि हुँदै आएको सो प्रतियोगिताको आवेदन खुलेको आयोजक एमएस प्रोडक्सनले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।महिला र पुरुष दुवै सहभागी हुन सक्ने ‘मोडल हन्ट’मा पुरुषको हकमा ५ फिट ८ इन्च र महिलाको हकमा ५ फिट ५ इन्च उचाई हुनुपर्नेछ र पुरुष र महिलाको उमेर १८ देखि ३० वर्षसम्म हुनुपर्ने उल्लेख छ । आवेदनका लागि सातवटै प्रदेशमा अडिसन हुने र अडिसनबाट छनोट हुनेलाई १५ दिने ग्रुमिङ तालिम दिइने भएको छ । प्रतियोगिताको फिनाले जुलाईमा हुनेछ । यस वर्षको प्रतियोगितामा स्मिथ तामाङले कोरियाग्राफी गर्नेछन् ।

Related Articles

Check Also
Close
Back to top button