CINEMANEWS

कान्तिपुर एकेडेमीले बनाउने भयो ब्रह्माण्ड

सिनेमा संसार संवाददाता
कामठाडौं
कान्तिपुर फिल्म एकेडेमी काठमाडौं र टोपी स्टुडियोज पोखरालेले निर्माण गर्ने सिरिज ब्रह्माण्डको पोखरास्थित गुप्तेश्वर महादेवमा शुभ मुहूर्त गरी छायांकंन प्रारम्भ भएको छ।
ओटीटी प्लेटफर्मको लागि अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै बन्न लागेको सिरिज ८ घण्टाको हुनेछ। यसलाई ८ एपिसोडमा निर्माण गरिने भएको छ। सिरिजलाई रियाज नाटककारले निर्देशन गर्दै छन्। यसका कार्यकारी निर्माता सागरराज आचार्य हुन्। पुरुषोत्तम प्रधानले खिच्ने सिरिजमा सुनिल थापा, भोलाराज सापकोटासँगै राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज बिस्ट तथा सुप्रज्ञा शर्मा र सञ्जय ढुङ्गानाले डेब्यु गर्दैछन्।
सिरीजबाट अर्पण थापाले पनि यो सिरिजबाट ओटीटी डेब्यु गर्न लागेको एकेडेमी सिईओ र सिरिजका क्रिएटिव प्रोड्यूसर प्रकाश पुरीले जानकारी गराए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button