EVENTFASHIONNEWS

सुदीक्षा र उषालाई मिस र मिसेस व्युटिफुल नेपालको उपाधि

सिनेमा संसार संवाददाता
काठमाडौं
दक्ष इन्टरटेन्मेन्ट प्रालिको आयोजनानमा शनिवार राजधानीमा एन प्लस मिस मिसेस ब्युटिफूल नेपाल सम्पन्न भएको छ।

पूर्व संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन राम श्रेष्ठको प्रमूख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा मिस ब्युटिफूल नेपाल २०२३ को उपाधि सुदिक्षा बज्रचार्यले चुमिन्। प्रमूख उपाधीसँगै मोस्ट ट्यालेन्टेड र मोस्ट पङ्चुअलको उपाधि पनि चुमेकी छन्। प्रतियोगीतामा फस्ट रनरअप सन्तोषी रावलले मोस्ट पपुलर र बेस्ट हेयर, सेकेण्ड रनरअप विष्णु गुरुङले बेस्ट डान्सर र थर्ड रनर अप आर्जू खडकाले बेस्ट स्किनको उपाधि समेत चुमेका थिए। प्रतियोगीतामा माया खड्काले भ्युअर्स च्वाईस, सृष्टि ढकालले बेस्ट पर्सनालिटि र बेस्ट ¥याम्पवाक, माया बुढाथोकीले मोस्ट डिस्प्लिेन, बिपना भट्टराईले मोस्ट फोटोजेनिक र ज्योती गिरीले मल्टी मिडिया च्वाइस र बेस्ट स्पिचको उपाधि चुमे।
एन प्लस मिसेस नेपालको उपाधि भने उषा हमालले चुमिन्। उपाधि सहित उनले मोस्ट पपुलर र बेस्ट पर्सनालिटिको उपाधि समेत चुमिन्। सुनिता पानहाङ्गो लिम्बुले फस्ट रनरअप तथा मोस्ट पङ्चुअल, माया लामाले सेकेण्ड रनरअप, बेस्ट ¥याम्पवाक र मिल्टिमिडिया च्वाइसको अवार्ड चुम्दा विद्या श्रेष्ठले भ्युअर्स च्वाईस र बेस्ट स्पीच, नु्मा शेर्पाले मोस्ट फोटोजेनिक र बेस्ट सिंगर तथा अनुराधा पाठकले मोस्ट ट्यालेन्टेडको

उपाधि चुमिन्। 
निर्णायकहरुमा अभिनेता रमेश उप्रेती, राजकुमार क्षत्री, गायिका जुनु रिजाल, दन्त चिकित्सक एवम समाजसेवी डा. श्याम मर्हजन, प्राध्यापक तथा सामाजिक अभियान्ता छविलाल पाण्डे र पेजेन्ट निर्देशक निशुकान्त झा पेजेन्ट निर्देशक रहेको ईभेन्टमा आश्विनी झाको पेजेन्ट कोरीयोग्राफी रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button